विद्यालय बस चालकले मंसिर १ गतेदेखि अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने

बुधबार, २९ कार्तिक २०७४, १९ : ०८ नागरिक

काठमाडौं—महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने बताए।

सहयोगी हृदय नेपालले आज राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रमा उनले त्यसका लागि हरेक विद्यालयमा सूचना पठाइएको जानकारी दिए।

उनले स्कुल, कलेज पढ्ने विद्यार्थी लागुऔषधमा फस्ने, मादक पदार्थ सेवन गरी बिनाहेल्मेट सवारी चलाउने कारणले अपराध र दुर्घटना बढ्दै गएकाले विद्यार्थीलाई सचेत हुन आग्रह गरे।

'कतै यात्रा गर्दा सार्वजनिक बसमा बढी भाडा लिएमा, ट्याक्सीले मिटरमा जान नमाने, बढी पैसा मागेमा, चालक, खलासीले दुव्र्यवहार गरेमा तपाईहरु तुरुन्त हाम्रो हटलाइन १०३ मा फोन गरेर गुनासो गरे उनीहरुलाई कारबाही हुन्छ', उनले भने।

बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख उमादेवी राईले देशका उत्पादनशील युवा कुलतमा फस्दा देशको भविष्यमा खतरा हुने भएकाले विद्यालयस्तरबाटै विद्यार्थीलाई सही मार्गदर्शन हुनुपर्नेमा जोड दिए।

गृहमन्त्रायलका लागुऔषध नियन्त्रण इकाइका कार्यक्रम अधिकृत खड्गबहादुर श्रेष्ठले आफ्ना छोराछोरीलाई कुलतबाट बचाउनका लागि अभिभावकले छोराछोरीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताए। उनले मन्त्रालयले देशभरका विद्यालयका बालबालिकालाई लागुऔषधबारे जानकारी गराउँदै आएको बताए।

वि.सं २०६९ मा गरिएको सर्वेक्षणमा ५१ हजार ५३४ लागुऔषध प्रयोगकर्ता रहेको बताइएको छ। अधिकृत श्रेष्ठले अहिले यो संख्या एक लाखभन्दा बढी भएको उल्लेख गरे।

नेपालमा लागुऔषध नियन्त्रणमा सहयोग गर्दै आएको अमेरिकन संस्था हेल्थ इडी कनेक्टका लरेन हलले विद्यालय पढ्ने उमेरमा उत्सुकता बढी हुने भएकाले धेरै युवा कुलतमा फस्ने र उनीहरुलाई सचेत गराउनु आवश्यक भएको बताए।

कार्यक्रममा नेपाली हवाई उडान क्षेत्रमा योगदान पुर्‍याएको क्याप्टेन वेद उप्रेती, समाजसेवी राजेश्वरी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका पत्रकार कल्पना पौडेललाई सम्मान गरिएको थियो।

सहयोगी हृदय केन्द्रकी अध्यक्ष पिंकी मल्लले जनचेतना अभियान गर्दै आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व पूरा गर्ने बताए।

 








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad