७ वैशाख २०८१ शुक्रबार
राजनीति

आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै दाहालले भने–म धेरै खुशी र सन्तुष्ट छैन

व्यवस्थापिका संसदमा अाफ्नाे उम्मेद्वारी प्रस्तुत गर्दै माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद बैठकमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दै आफू धेरै खुशी र सन्तुष्टि नरहेको बताएका छन्। उनले आफू र आफ्नो दलले गत वर्षको भूकम्पपछि नै राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिँदै आएपनि त्यो संभव नभएको बताए।
‘अहिले प्रधानमन्त्रीको उम्मेद्वारी मेरो एक्लै उम्मेदवारी पर्दा केही सकारात्मक भएपनि राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्दा म धेरै खुशी छैन।’ उनले एमालेले प्रधानमन्त्रीमा उम्मेद्वारी नदिँदा तुलनात्मक रुपमा सकारात्मक रुपमा लिएको बताए।

उनले सविधान जारी गर्ने बेलामा भएको १६ बुँदे सहमति अनुसार प्रमुख दलहरुबीच एकता कायम हुन नसक्नु दुखद् भएको उनको भनाइ थियो। आफ्नो नेतृत्वको सरकारले सबै दलसँग सहमति र सहकार्य गरी  मुद्दामा सहमति गर्ने प्रयास गर्ने जनाए।

दाहालले सहमतिको सरकार नबने पनि मुद्दाहरुमा सहमति आवश्यक रहेको बताएका छन्। आफू प्रधानमन्त्री भए पनि कुनै आग्रह पूर्वाग्रह नराखी सबै राजनीतिकदलहरुसँग मुद्दाहरुमा सहमति खोज्न लागि पर्ने बताए। दाहालले आफूहरुले जुन मूल्य मान्यताका आधारमा वर्तमान सरकारलाई समर्थन गरेको जस्तै खालको सहमतिमै टेकेर नयाँ वन्न लागेको सरकारमा सहभागि हुन लागेको बताए।

मधेस, थारु, आदीवासी जनजाति, संविधान कार्यान्यन, भूकम्पपछिको पुनर्निर्माण, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोगको कामलाई अघि बढाई शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउने, छिमेकीहरुसँगको सम्बन्ध सुधार्नेलगायत विषयमा वर्तमान सरकारमै पनि बसेर आफूहरुले काम गर्न चाहेको भए पनि वर्तमान सरकारमा सहभागी दलहरुबीच केही मतभेद र असहजता उत्पन्न भएपछि आफूहरुले नयाँ गठबन्धनमा जानु पर्ने बाध्यता रहेको उनले बताए ।

नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताप्रति बफादार हुँदाहुँदै पनि एकले अर्कालाई अराष्ट्रिय देख्नु र गलत प्रचार गर्नु राम्रो कुरा नभएको उनले बताए । राजनीतिक दलहरुलाई अलग्याउने पर्खाल भन्दा जोड्ने पुलको खाँचो रहको उनले बताए । मधेससँग ‘मतभेद’ भन्दा पनि बढी मनोवैज्ञानिक भेद अर्थात ‘मनभेद’ बढी रहेको उनले बताए ।

आफूले उत्पिडित, अल्पसंख्यक, सीमान्तकृत, आदीवासी जनजातिलगायत सबै वञ्चितिकरणमा पारिएका वर्गहरुको अधिकारका लागि लडेको र ती समुदायको व्यक्तिहरुको साथ र सहयोग आफूलाई सदैव रहँदै आएको उनले बताए । संविधानको स्वीकार्यता फराकिलो पार्दै लाने, भूकम्पपछिको पुनर्निर्माणमा आफूले प्रतिपक्षमै वसेर पनि अग्रसरता लिएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलाीले राजीनामा दिँदैगर्दा संसदमा उठाएका प्रश्नका विषयमा जवाफ दिँदै दाहालले ओली सरकारका हरेक निर्णयमा आफूहरुको पनि सहभागिता रहेको बताए । चीन–भारतसँगको सम्बन्ध,काठमाडौं–निजगढ द्रूत मार्ग, पाइपलाइन,सडकमार्गलगायत सबैजसो विकास पूर्वाधारको निर्माण शुरुआत यही सरकारले नौ महिनाभित्रै गर्यो भनेर एकलौटी जस लिन नमिल्ने उनले बताए। साधारण खर्च जुटाउन अप्ठेरो परेको बेला ऋण लिएर ध्यु पिउन नमिल्ने उनले बताए।

दू्रत मार्ग र हुलाकी मार्ग के गर्छौ भनेर केपी ओलीले सोधेको भन्दै उनले आफूहरुले बनाएरै छोड्ने बताए । देशका सम्पूर्ण ऐतिहासिक आयोजना जुनसुकै कालखण्डमा जससुकै बनेका भए पनि आफूहरुले पूरा गर्न लागि पर्ने बताए । बेइजिङ ओलम्पिकमा आफू सहभागि हुँदा नेपाल–चीन र भारतलाई जोड्ने रणनैतिक मार्गको कुरा उठाएको बताए।

प्रकाशित: १९ श्रावण २०७३ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App