coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सगरमाथा आधार शिविरमा ‘हेल्लो डाक्टर’

सोलुखुम्बु – पर्यटकहरुलाई लक्षित गरेर सगरमाथाको आधार शिविरमा ‘हेल्लो डाक्टर’ सेवा सुरु गरिएको छ । सोलुखुम्बुको खुम्बु–पासाङल्हमु गाउँपालिकामा पर्ने सगरमाथा आधर शिविरमा जाने नेपाली तथा विदेशी पर्यटका लागि लक्षित गर्दै एभरेष्ट लिंक प्रालिले हेल्लो डाक्टर सेवाको सुरुवात गरेको हो । प्रालिले गत आतरबार देखि हेल्लो डाक्टर सेवा  प्रारम्भ गरेको हो ।

सगरमाथा क्षेत्रमा आउन सक्ने आकस्मिक स्वास्थ्य समस्याबारे विदेशी तथा स्वदेशी पर्यटक  र स्थानीयलाई डाक्टरसँग निशुल्क परार्मश सेवा दिनका लागि हेल्लो डाक्टर सेवा सुरुवात गरिएको प्रालिका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाले बताए । ‘भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकहरु बिरामी परेमा हाम्रो सेवाले महत्वपूर्ण भूमिका खेल्ने छ,’उनले भने ।

यस सेवाले नेपाल टेलिकम  र एनसेलको इन्टरनेट र फोन सेवा नभएको उच्च हिमाली दुर्गम भेगमा इन्टरनेट सेवा दिएर हिमाल आरोहणमा आउन पर्यटकहरुलाई प्रोत्साहित गरिएको छ । एभरेष्ट लिंकको पेजमा गइसकेपछि आकस्मिक सेवाका लागि राखिएको कल नामक बटम क्लिक गरी सेवा लिन सक्नेछन् । उक्त कल लिंकमा जोडिएका डाक्टरहरुको मोवाइलमा पुग्नेछ । पहिलो चरणमा ५ जना डाक्टरलाई सहभागि गराइएपनि क्रमशः बिस्तार गर्दै लगिने प्रालिको भनाई छ  ।

प्रकाशित: २९ कार्तिक २०७४ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App