coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विद्युत् महसुल आइएमई पेमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं– विद्युत महसुल बापतको रकम अबदेखि आइएमई पेबाट भुक्तान गर्न सकिने भएको छ। देश–विदेशमा रहेकाले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा शुभारम्भ गरेपछि यस्तो सेवा सुरु गर्न थालिएको हो। यसले आम सेवाग्राहीलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको कम्पनीको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाको महसुल संकलन अनलाइन पद्धतिबाट गर्न सुरु गरिसकेको छ। प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा उपलब्ध गराएको बिलका आधारमा आफूलाई पायक पर्ने आइएमई एजेन्ट आउटलेटमार्फत प्राधिकरणको अनलाइन बिल भुक्तानी सेवा लिन सकिन्छ।

आइएमई पे डाउनलोड गरेका सेवाग्राहीले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । मोबाइल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तानी गर्ने व्यवस्था आइएमई पेले ‘पे पोइन्ट’को सहकार्यमा गरेको हो ।
 

प्रकाशित: २९ कार्तिक २०७४ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App