८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवारकाे घरमा कालाे ब्यानर टाँसेकाे अाराेपमा दुर्इ कार्यकर्ता पक्राउ

उदयपुर, कात्तिक २९ – चुनाव बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा नेकपाका दुर्इ कार्यकर्ता प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरूलार्इ छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पार्टी जिल्ला कमिटी सदस्य पूर्णबहादुर कटुवाल  र  युदिन राईलाई गाईघाटबाट पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी गराएकाे छ । 'उनीहरूले ६ जना उम्मेदवारको घरमा कालो व्यानर टाँसेर भागेका थिए,'प्रहरी स्राेतले भने । 

बाम गठबन्धनबाट प्रतिनिधिसभा १ नम्बरकी उम्मेदवार मञ्जुकमारी चौधरी र २ नम्बरका सुरेशकुमार राई हिमाल तथा संघीय समाजबादी फोरमबाट २ नम्बरका उम्मेद्वार विष्णुकुमार राई दनुवारको घरमा कालो ब्यानर टाँगेको आरोप नेकपामाथि लागेको छ । त्यस्तै प्रदेशसभातर्फ १ (२) का कांग्रेस उम्मेद्वार हिमाल कार्की, २ (१) का गठबन्धन उम्मेदवार नारायण बुर्जामगरको घरमा पनि कालो ब्यानर राखिएको प्रहरीले जनाएको छ ।
पार्टीको नाममा संसदीय व्यवस्था मुर्दाबाद, कथित संघीय र प्रदेशसभा निर्वाचन खारेज गरौं भन्ने नारा लेखिएको कालो ब्यानर उम्मेदवारको घरमा टाँगेको पाइएको थियो । पार्टी जिल्ला इन्चार्ज केदार राईले चुनाव खारेजीको नारा पार्टीको केन्द्रीय निर्देशन अनुसार गरिने बताए ।

 

प्रकाशित: २९ कार्तिक २०७४ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App