महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

बुधबार, २९ कार्तिक २०७४, १५ : १९ कृष्ण ढुंगाना  | @krishnakirtipur

काठमाडौं—वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो।

'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो', अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले नागरिकन्युजसँग भने, 'यही प्रकरणमा दश लाख रुपैयाँ घुससहित विभागका दुई कर्मचारी हिजो पक्राउ परेका थिए। त्यसकै फलोअपमा बुधबार पाण्डे पक्राउ परेका हुन्।'

वैदेशिक रोजगार विभागमा भ्रष्टाचार 'अाेपन सेक्रेट' रुपमै हुने गरे पनि सो कार्यलयबाट सहसचिव तहको कर्मचारी घुस प्रकरणमा पक्राउ परेको यो पहिलो घटना हो।

अख्तियारको टोलीले हिजो मंगलबार विभागका अधिकृत कृतिवल्लभ पौडेल र नासु खडक केसीलाई नयाँ वानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको थियो। उनीहरु घुसबापतको १० लाख रुपैयाँसहित पक्राउ परेका थिए। साँझ ६ बजे पक्राउ परेका उनीहरुले बयानमा महानिर्देशक पाण्डेसँगको मिलेमतोमा घुस लेनदेनमा संलग्न रहेको बताएका थिए। त्यही बयानका आधारमा अख्तियारले बुधबार महानिर्देशक पाण्डेलाई पक्राउ गरेको उल्लेख गरेको छ।

सुभद्राको योजनामा महानिर्देशक पक्राउ

वैदेशिक रोजगार विभागका बरिष्ठ अधिकारी पक्राउको कथा महाराजगञ्ज कार्यालय रहेको एसआरएस ओभरसिजसँग गएर जोडिएको छ। मानव तस्करीका लागि बद्‌नाम सो मेनपावरबाट गत वर्ष सेक्युरिटी गार्डका लागि ५२ व्यक्ति युएई गएका थिए। प्रतिव्यक्ति ८ लाख रुपैयाँ बुझाएर गएका उनीहरुले अलपत्र परेपछि नेपाल फर्किएर एसआरएसविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा विभागले एसआरएसको कारोबार रोक्का गरेको थियो। ५२ जना पीडितको दवाब थेग्न नसकेपछि विभागले मेनपावरको कारोबार रोकेको थियो।

कारोबार रोक्का भएपछि मेनपावर सञ्चालक सुभद्रा बराल भागेर आबुधावी पुगेकी थिइन्। लामो समयसम्म त्यहाँ बसेकी उनले उतैबाट रोक्का फुकुवाका लागि कानुनी प्रक्रिया सुरु गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाउँदै एसआरएस ओभरसिजलाई सफाइको आदेश दिएको थियो।

'मेनपावर सञ्चालकसँग विभागका कर्मचारीले पैसा बार्गेनिङ गरेको टेप हामीले पाएका छौं', अख्तियार स्रोतले नागरिकन्युजसँग भन्यो, 'महानिर्देशक पाण्डेले मेनपावर सञ्चालकसँगको बार्गेनिङ गरेको त्यो टेपसिहतका प्रमाणमा अनुसन्धान भइरहेको छ।'

सर्वोच्चको आदेशपछि राहत अनुभव गरेकी उनले रोक्का फुकुवाका लागि वैदेशिक रोजगार विभागमा प्रक्रिया सुरु गरेकी थिइन्। वैदेशिक रोजगार विभागका कर्मचारीले त्यसमा आनाकानी गर्दै घुस मागेका थिए। त्यतिबेला पैसा माग्ने विभागका कर्मचारीसँगको फोनटेप गरी सुभद्राले अख्तियारलाई बुझाएकी छिन्।

उनकै योजनाअनुसार मंगलबार साँझ ६ बजे १० लाख रुपैयाँ लिन विभागका दुई कर्मचारीलाई नयाँ वानेश्वरको इन्द्रेणी फुडल्यान्ड पुगे। त्यहाँ उनले पूर्व कुराकानीअनुसार वैदेशिक रोजगार विभागका अधिकृत पाैडेल र नासु केसीलाई १० लाख रुपैयाँ थमाइन्। तर उनले यो जानकारी पहिलै अख्तियारलाई दिइसकेकी थिइन्। अख्तियारको टोलीले घुस लिँदालिँदै पाैडेल र केसीलाई रंगेहात पक्राउ गर्‍यो।

'मेनपावर सञ्चालकसँग विभागका कर्मचारीले पैसा बार्गेनिङ गरेको टेप हामीले पाएका छौं', अख्तियार स्रोतले नागरिकन्युजसँग भन्यो, 'महानिर्देशक पाण्डेले मेनपावर सञ्चालकसँगको बार्गेनिङ गरेको त्यो टेपसिहतका प्रमाणमा अनुसन्धान भइरहेको छ।'

वैदेशिक रोजगार विभागमा भ्रष्टाचार खुलेअाम हुने गरे पनि सो कार्यलयबाट सहसचिव तहको कर्मचारी घुस प्रकरणमा पक्रउ परेको यो पहिलो घटना हो।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad