५ वैशाख २०८१ बुधबार
राजनीति

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

पक्राउ परेका वैदेशिक रोजागर विभागका महानिर्देशक पाण्डे

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। मेनपावरसँग पैसा असुलेर अनिमियतता गरेको अभियोगमा पाण्डेलाई अख्तियारले पक्राउ गरेको हो।

नयाँ वानेश्वर इन्द्रेणी फुडल्यान्डबाट पक्राउ परेका अधिकृत तृप्तिबल्लभ पौडेल र नासु खडक केसीको बयानमा सो घुस रकमको लहरो डिजीसम्म पुगेपछि बुधबार पाण्डे पक्राउ परेका हुन्।

अख्तियारको टोलीले हिजो मंगलबार विभागका दुई कर्मचारीलाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। नयाँ वानेश्वर इन्द्रेणी फुडल्यान्डबाट पक्राउ परेका अधिकृत तृप्तिबल्लभ पौडेल र नासु खडक केसीको बयानमा सो घुस रकमको लहरो डिजीसम्म पुगेपछि बुधबार पाण्डे पक्राउ परेका हुन्।

'आज डिजी साप कार्यालय आउनु भएको छैन। मैले पनि उहाँ पक्राउ परेको खबर सुनेँ', विभागका निर्देशक मोहन अधिकारीले नागरिकन्युजसँग भने।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मेनपावर कम्पनीविरुद्धको मुद्दा मिलाइदिने भन्दै सो रकम असुलेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानका क्रममा अधिकृत पौडेल र नासु केसीले महिनर्देशक पाण्डेकै मिलेमतोमा काम गरेको पाइएको छ।

प्रकाशित: २९ कार्तिक २०७४ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App