coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोरङ क्षेत्र नम्बर ५ को निर्वाचन बढी रोचक

विराटनगर,  कात्तिक २९ – निर्वाचनको मिति नजिकिदैं जाँदा मोरङमा चुनावी सरगर्मी बढेको छ । ६ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नम्बर ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।

सबैभन्दा बढी मधेशी मतदाताको संख्या भएकाले प्राय सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार–प्रचारको मुख्य आधार बनाएर मतदातालाई आकर्षित पार्न व्यस्त छन् । मोरङको राजनीतिमा राम्रो पकड राखेका युवा उम्मेदवारका साथै पञ्चायतको स्थापनाकालदेखि मोरङको राजनीतिमा सक्रिय रहेका वृद्ध उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेकाे हुँदा निर्वाचन बढी रोचक हुने देखिएको छ ।

यस क्षेत्रबाट २०६४ को संविधान सभा निर्वाचनमा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएको थिए । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव कांग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित गरेका थिए। 

२०७० सालको संविधान सभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रबाट शिवकुमार मण्डल विजयी भएका थिए । यसपटक उनी वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् । संघीय समाजवादी फोरम नेपालबाट राजकुमार यादव चुनावी मैदानमा छन् ।

कांग्रेसबाट अमृतकुमार अर्याल, राष्ट्रिय जनता पार्टीबाट बद्रीप्रसाद मण्ड, वाम गठबन्धनबाट शिवकुमार मण्डल र संघीय समाजवादी फोरमबाट राजकुमार यादवबीच त्रिकोणात्मक संघर्ष हुने अनुमान गरिएकाे छ ।
यस क्षेत्रमा कुल ८९ हजार २८७ मतदाता छन् ।
 

 

 

प्रकाशित: २९ कार्तिक २०७४ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App