८ वैशाख २०८१ शनिबार
समाज

चाँदी र हात्तीको पुच्छरसहित दुई जना पक्राउ

गौशाला, कात्तिक २९ – अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले बुधबार महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

'बर्दिवासस्थित शिशमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार १०० सय थान हात्तीको पुच्छर जस्तो देखिने वस्तुसहित दुर्इ जना पक्राउ परेका हुन्, 'प्रहरी नायब उपरीक्षक पोखरेलले भने ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ भने चाँदी राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया र हात्तीको पुच्छर जस्तो देखिने वस्तु जिल्ला वन कार्यालय महोत्तरीमा बुझाउने तयारी गरिहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

 

प्रकाशित: २९ कार्तिक २०७४ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App