coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रक दुर्घटनामा एकको मृत्यु

इलाम, कात्तिक २९ – जिल्लाको रोङ गाउँपालिका–४, कोल्बुङस्थित मेची राजमार्गमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोडबाट रोलर बोकेर इलाम आउँदै गरेको ना.४ ख ३६९ नम्बरको ट्रक राजमार्गबाट करिब अढाई सय मिटर खस्दा रोलरका चालक पाँचथरको लुङरुपा घर भएका भीम नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उकालोमा गुडिरहेको ट्रक पछाडी सरेर सडकबाट खसेको प्रहरी हवल्दार विजय राईले जानकारी दिए । दुर्घटनामा इलाम नगरपालिका–१० गोदकका ४६ वर्षे सिंहराज महत र सहचालक सुनसरीको भलुवाई गाउँपालिका १२ का १५ वर्षे किरण बिसी घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवैको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित: २९ कार्तिक २०७४ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App