८ वैशाख २०८१ शनिबार
राजनीति

नमुना मतदानमा २१ प्रतिशत मत बदर

जाजरकोट, कात्तिक २९ – मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि जाजरकोट जिल्लामा भएको नमुना मतदानमा २१ प्रतिशत मतपत्रहरु बदर भएका छन् । जाजरकोटको विभिन्न गाउँहरुमा जिल्ला निर्वाचन कार्यालयले गरेको नमुना मतदानको क्रममा २१ प्रतिशत मतहरु बदर भएको हो  ।

मतदाता शिक्षाको कमी र दलहरुले मतदाताहरुलाई भोट हाल्ने तरिकाहरु नसिकाएका कारणले मतपत्रहरु बदर हुने समस्या देखिएको हो । जिल्ला निर्वाचन कार्यालयले  जिल्लाको छेडागाड नगरपालिकाका  वडा नम्बर १ छेडाचौर र खारा गाउँमा गरेको नमुना मतदानका क्रममा  बढी मात्रामा मतपत्रहरु बदर  भएको जिल्ला निर्वाचन कार्यालयका  प्रमुख  हरिबहादुर  बुढाथोकीले बताएका छन् । ‘छेडाचौरमा  गरिएको  नमुना मतदानमा   समानुपातिकतर्फ  २८ जनामध्ये ८३ प्रतिशत सदर र बाँकी १७ प्रतिशत बदर  भएका छन् । त्यस्तै  प्रत्यक्षतर्फ   ८५ प्रतिशत  सदर  र  १५ प्रतिशत बदर भएका छन्,’उनले भने,‘एक निर्वाचन क्षेत्रमा चार वटा मतपत्रहरु प्रयोग गर्नुपर्ने भएका कारण मतदाताहरु  झुक्किने  गरेको र  मतपत्र बदर हुने सम्भावना देखियो ।’

यस पटकको चुनावमा  चार वटा मतपत्रमा भोट हाल्नुपर्ने भएका कारण मतदाताहरु अलमलमा पर्न सक्ने उनले जानकारी दिए ।

प्रकाशित: २९ कार्तिक २०७४ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App