८ वैशाख २०८१ शनिबार
राजनीति

परिवार दलले दाहालको पक्षमा मतदान गर्ने

काठमाडौँ-नेपाल परिवार दलले नयाँ प्रधानमन्त्री निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय गरेको छ ।

दलको आज बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक दलहरुबीचमा राष्ट्रिय सहमति कायम गर्न र नयाँ संविधान कार्यान्वयन गर्न उचित वातावरण तयार गर्न भन्दै दलले सो निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए।

दलका अध्यक्ष ढकालको अध्यक्षतामा बसेको सो बैठकले नयाँ प्रधानमन्त्री पदमा एकजनाको मात्र उम्मेदवारी परेको भन्दै अध्यक्ष दाहाललाई नै मतदान गर्ने पनि निर्णय गरेको थियो ।

 परिवार दलको तर्फबाट व्यवस्थापिका–संसद्मा अध्यक्ष ढकालसहित अर्का सांसद मिलनकुमारी राजवंशीको प्रतिनिधित्व रहेको छ ।      अध्यक्ष ढकाल प्रम केपी शर्मा ओलीको मन्त्रिमण्डलमा शान्तिमन्त्री समेत थिए।       व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रम पदको निर्वाचन हुँदैछ । सो निर्वाचनमा अध्यक्ष दाहालको मात्र उम्मेदवारी परेको छ । रासस

प्रकाशित: १९ श्रावण २०७३ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App