८ वैशाख २०८१ शनिबार
अर्थ

किन अड्किन्छ कोलकातामा नेपाली कन्टेनर ?

कोलकाता बन्दरगाहमा नेपाली कन्टेनर राख्ने यार्ड । तस्बिर : रितेश

वीरगन्ज – तेस्रो मुलुकबाट नेपालमाआयातहुने सामानबोकेर आएका कन्टेनर भारतको कोलकाता स्थित बन्दरगाहमा महिनौं अड्किने समस्या फेरि दोहोरिएको छ । नेपालआएर खालीभई पुनःकोलकाता पुगि सक्नुपर्ने अवधि नाघिसक्दा पनि कोलकाताबाट हिँड्नै नपाएका कन्टेनरको संख्या यसपटक हजार नाघेको छ । सोमबारसम्म नेपालकालागिचलानभइसकेकाआठ सय ६३ कन्टेनर यसमा छन् । नेपालकालागिविदेशबाट हिँडेका कन्टेनर कोलकातामा अड्किने समस्यादोहारिन थालेको दशकभइसकेको छ । यसबाट तेस्रो मुलुकसँगको व्यापारमासमस्याआएको मात्र छैन, बर्सेनि करोडौं रुपैयाँ नेपालले अनाहकमागुमाइरहेको छ । आखिर किन अड्किन्छकोलकातामा कन्टेनर ?

कोलकाता बन्दरगाह
हिन्दमहासागर अन्तर्गतको ‘बंगालको खाडी’ भनिने भनिने समुद्रसँग जोडिएको गंगाको सबभन्दा बढी जलराशीभएको जलधारा हो हुगलीनदी ।यो नदीभारतीयउपमहाद्विपका अरु नदीजस्तै प्राचीन समयदेखि नै डुंगामा सामानओसार–पसारकालागिप्रयोगमाथियो । भारतमा बेलायतीउपनिवेशको बेला बेलायती इस्ट इन्डिया कम्पनीले चिनीकारखानाकालागिभारतबाट अरु मुलुकमामजदुर लैजान यो जलमार्ग प्रयोग गरेको थियो । पछि त्यहाँबन्दरगाहको सम्भाव्यता देखेर बेलायत सरकारले बन्दरगाहनिर्माण थाल्यो । करिब डेढ सय वर्षअघि सन् १८७० माकोलकाताबन्दरगाहबनेर तयार भएदेखिप्रयोगमा छ। 

भारतसँगको मैत्रीतथाव्यापार सम्झौताअनुसार उक्तबन्दरगाहअहिलेसम्म नेपालले तेस्रो मुलुकसँगको व्यापारको लागिप्रयोगगरिरहेको छ । नदीमाबनेको यो बन्दरगाहमा ठूला आकारकापानीजहाज (मदर भ्यासल) आउँदैनन् । ठूला जहाजमाआएको सामानहङकङ र श्रीलंकाको बन्दरगाहमा सानो जहाजमा ‘ट्रन्ससिपमेन्ट’ (एकबाट अर्को जहाजमाहाल्ने काम) गरेर कन्टेनर कोलकाता ल्याइन्छ । यसमा समय र लागत बढी पर्ने गरेको छ । यसरी कोलकाताल्याइपु¥याइएका कन्टेनरहरु बन्दरगाहको किनार (डक) माआगमन (बर्थिङ)पछि त्यसमा रहेका कन्टेनर राख्ने ठाउँ बन्दरगाह सञ्चालकले निर्धारण गरेर दिन्छ। 

कन्टेनर ओसारपसार
कन्टेनर कोलकाताबन्दरगाहमाओरालेपछि त्यसकालागिनिर्धारित १४ देखि २१ दिनको समयसीमा सुरु हुन्छ। नेपालउद्योग वाणिज्य महासंघका सदस्यतथाआयातकर्ता अशोक टेमानीकाअनुसार निर्धारित समयभित्र कन्टेनर नेपालल्याएर खाली गरी पुनःकोलकातामासिपिङ कम्पनीलाई हस्तान्तरण गरिसक्नु पर्छ ।तोकिएको समयभन्दा ढिलो गरी ढुवानी हुँदा ६० देखि ८० डलर (६ देखि ८ हजार रुपैयाँ)सम्मप्रतिदिन जरिवानाआयातकर्ताले सिपिङ कम्पनीलाई तिर्नुपर्छ । अहिले ३ महिनादेखिनेपालआउने सबै कन्टेनरहरु यसरी विलम्ब जरिवानामा परिरहेको वीरगन्जउद्योग वाणिज्य संघका निवर्तमानअध्यक्षप्रदिप केडिया बताउँछन्। 

यो आर्थिक वर्षको साउनयतामासिकऔसत ६ हजार कन्टेनर नेपालकालागिआएको कोलकातापोर्ट ट्रस्टको अभिलेखछ । यी कन्टेनरकोलकातामा अड्किँदाकम से कमऔसत १५ दिनको जरिवानातिरिरहेको आयातकर्ता बताउँछन् । तेस्रो मुलुकसँगको व्यापारमा नेपाललाई कोलकातामा कन्टेनर अड्किने समस्याकै कारण प्रतिमहिना सरदर ५० देखि७० करोड रुपैयाँसम्म नेक्सानी छ ।यतिबेलाकोलकाताबाट नेपालकालागिचलानभइसकेकाहजारभन्दा बढी कन्टेनर बन्दरगाहकै यार्डमा छन् । अहिले देखिएको कन्टेनर जामको समस्या सामाधानगर्न विशेष पहलआवश्यक देखिन्छ ।नभए यो अवस्थालम्बिन सक्ने कोलकातास्थितएजेन्ट बताउँछन्। 

समस्याकिन?
डेढ सय वर्षअघि बनाइएको यो बन्दरगाहउति बेलाको लागि ठूलै भएपनिअहिले साँघुरो भइसकेको छ । अहिलेको आवश्यकता पूरा गर्ने खालको पूर्वाधार पनि छैन । एक लाख३४हजार सात सय २२वर्गमिटरमाबन्दरगाह फैलिएको छ; जसमाभवन,यन्त्रउपकरण राख्ने ठाउँ र पाँचवटा डकमा कामगर्ने ठाउँ छुट्ट्याएपछि कन्टेनर राख्ने ठाउँ आधामात्रबाँकी रहन्छ । बन्दरगाहमा पाँचवटा डक (जहाजलाई ल्याएर उभ्याउने किनारा) छन् ।पाँचमध्ये दुइटा नेपालीकार्गोको लागिप्रयोगमा ल्याइन्छ । बढी चापहुँदास्वाभाविक रुपमात्यहाँ कन्टेनरको ओसारपसार सुस्त हुन्छ । जाडो याममापानीको सतहघट्ने हुँदाजहाजलाई किनारा पाउन र कन्टेनर ह्यान्डिल गर्न असहजहुने गरेको छ।  

भारतीयआर्थिक वर्ष २०१६/२०१७माकोलकातामा ६ लाख ३५ हजार आठ सय ४८ कन्टेनर ओहारदोहोर गरेका छन् । यसमा नेपालकालागिआएका कन्टेनरको संख्याकरिब ७२ हजार छ । साँघुरो र कम भण्डारणक्षमताभएको कोलकाताबन्दरगाहमाअधिक कन्टेनरको चापले त्यहाँबाट कन्टेनर हिँड्न समय लाग्ने गरेको छ । त्यहाँबाट रेल र सडकमार्गबाट कन्टेनर नेपाल आइपुग्छन् । 

कोलकाताबाट ३० हजार हाराहारी कन्टेनर वीरगन्जसिर्सियास्थित सुक्खाबन्दरगाहमार्‍याकभनिने मालबाहक रेलमाआएको गतवर्षको तथ्यांक छ । २० फिट साइजको ९० वटा कन्टेर एउटा र्‍याकमा आउँछ । सडकजोखिमपूर्ण र असुरक्षित भएपछि रेलमार्गतिर कन्टेनरको चाप बढी छ । यो वर्ष ३५ हजारभन्दा बढी कन्टेनर सुक्खाबन्दरगाहआइपुग्नेअनुमान छ । भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कोर) ले रेलमार्गबाट कन्टेनर ओसार्छ । बाटोमाचाहिनेभन्दा बढी समय लाग्ने गरेकोले तोकिएको समयमा ढुवानी चक्र पूरा हुँदैन । नतिजा, कोलकातामै कन्टेनर थन्किने अवस्थाआउँछ। 

यात्रुबाहक रेलकोलकाताबाट एक दिन (२४ घन्टा) भन्दाकम समयमावीरगन्जपारिको रक्सौल आइपुग्छ । नेपालीकार्गो बोकेका ¥याकआउनहप्तासम्मलाग्ने गरेको छ । सेवाप्रदायककन्कोरले अहिले वीरगन्ज सुक्खाबन्दरगाहकालागि ६ को ठाउँमा १२ वटा मालबाहकरेल चलाएको छ । यीरेलमहिनामा तीनपटक ओहोरदोहोर गरेमात्रअहिलको कन्टेनरसंख्यालेओसारपसार भ्याउँछ । केही महिनाअघि तोकिएको समयभन्दा अगाडि नै कन्टेनर आइपुगेर खालीगरीफर्काउनपर्याप्त समय पुगेको थियो । व्यापारीले कन्टेनर खाली गरेर बेलैमा सुक्खाबन्दरगाहमाल्याइदिने कामनगरिदिएकाले ढुवानी चक्र पूरा गर्न असहजभएको र आफूले यताबाट चार वटा ¥याक रित्तै फर्काउनुपरेको सुक्खाबन्दरगह सञ्चालनगर्ने संस्थाहिमालयन टर्मिनल्सकाप्रमुखकार्यकारी अधिकृत विष्णुकान्त चौधरी बताउँछन् । यसमाआयातकर्ताको लापरबाहीपनि एउटा कारण देखिन्छ। 

भदौमाउत्तर भारतमा बाढीले गर्दा १० दिन रेल सञ्चालनभएन । त्यसपछि दसैंमा नेपालीभन्सार तीनदिनबन्दभयो । दसैंपछिकर्मचारी, क्लियरिङएजेन्ट र ढुवानीकर्ता काममाआउन ढिलो गर्दा यताबाट खाली कन्टेनर पठाउन केही ढिलाइभयो । उता,कोलकातामादसैंमनाउन शरद पूर्णी (दशमीको पाँच दिनपछिसम्म कामप्रभावित भएपछि त्यहाँस्थितबन्दरगाहमा तेस्रो मुलुकबाट आएकाकार्गो थन्किँदाजाम सुरु भयो ।यसरी सुरु भएको समस्याअझ जटिल हुनथालेपछि आयातकर्ता आत्तिएका छन्  ।भारतीय रेल्वे र अरु सरकारी संयन्त्रले नेपालीकार्गो ढुवानीमा परेका समस्यामा सहजीकरण गर्न त्यत्तिचासो देखाउँदैनन्। 

एजेन्ट
नेपालीकार्गो ढुवानीमा कोलकातास्थितकार्गो ह्यान्डलिङ एजेन्टको भूमिकापनि ठिक नरहेको आयातकर्ताको अनुभव छ । एजेन्टहरुले कन्टेनर बन्दरगाहबाट छुटाउने, भन्सारकोऔपचारिकता पूरा गराउने, कोलकाताबाट नेपालकालागिकन्टेनर चलानगर्ने र नेपालबाट फर्केका कन्टेनरपुनःसिपिङ  कम्पनीलाई बुझाउने काम गर्छन् । यसमालाग्ने खर्च उनहरुले आफैं लगानी गर्छन् र पछि आयातकर्तालाईबिल पेस गरी असुल गर्छन् । आयातकर्ताकहाँ पेस गर्ने बिलको रकम बढी बनाउनएजेन्टहरुले कतिपयअवस्थामाजानाजानसमस्यालाई नजरअन्दाजगरिरहेकोआयातकर्ताको अनुभवछ  । आयातकर्ता आफैं यसमा पर्न नचाहेकाले यसको फाइदाएजेन्टले उठाउने गरेका छन्। 

असफलवाणिज्य कूटनीति
दिल्लीमा नेपालीदूतावास र कोलकातामानेपालको महावाणिज्यदूतावासछ । नेपालको व्यापारमाभारतीयभूमिमाआइपर्ने समस्यामा सहजीकरण गर्ने मुख्यदायित्वयीदुई कूटनीतिक निकायलाई छ । यीदुवैलेकोलकातामा देखिएका समस्यावावैकल्पिकबन्दरगाहप्रयोगकालागिवातावरण बनाउने काममाखेलेको भूमिका सन्तोषजनक नरहेको आयातकर्ताको गुनासो छ । कोलकातास्थित महावाणिज्यदूतावासकोलकातापोर्ट ट्रस्ट, भारतीयभन्सार, त्यहाँको राजस्वप्रशासन, ढुवानीकर्ता संगठन, नेपालीकार्गो ह्यान्डलिङ एसोसिएसन र सडकमार्गको ढुवानी प्रणालीमा हालिमुहाली राख्ने स्थानीय राजनीतिकबाहुबलीलगायतसँग समन्वयको भूमिकामा बेलाबेलामाचुकिरहेको हुन्छ । कतिपयअवस्थामा संवादगर्न पनिनभ्याएको एजेन्टहरु बताउँछन्।

विकल्प
कोलकातामा नेपालीकार्गोलाई पर्ने समस्यालाई सरकारलेसमस्याको रुपमा ग्रहण गरे मात्र धेरै हदसम्म समस्या समाधानहुने टेमानी बताउँछन् । आयातकर्ता सुशान्तचाचाननेपालको सरकारीस्तरमाअहिलेसम्मकोलकाताको समस्यालाई देशको समस्या नठानेर व्यापारीको समस्या ठान्ने कामभइरहेको बताउँछन् । भारतका सरोकारवालासँगसम्बाद र प्रभावकारीपहलमा नेपालीवाणिज्य कूटनीतिक सफलभए समस्यासमाधानहुन्छ । वाणिज्य विभाग र मन्त्रालयले पनि अर्थपूर्ण चासो र पहललिनु जरुरी रहेको आयातकर्ता बताउँछन् । कोलकाताबन्दरगाहबाट सवा सय किलोमिटर पर रहेको हल्दियाबन्दरगाहलाई पनिउत्तिकै महत्त्वकासाथ प्रयोगमा ल्याउन सके कोलकाताको निर्भरताकमभई अहिले देखिएको समस्या धेरै हदसम्म समाधानहुने हिमालयन टर्मिनल्सकाचौधरी बताउँछन् । 

 

प्रकाशित: २९ कार्तिक २०७४ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App