८ वैशाख २०८१ शनिबार
खेल

रियो ओलम्पिकः आजबाट फुटबलका खेलहरू सुरु हुँदै

रियो दि जेनेरियो –रियो ओलम्पिक –२०१६ औपचारिक रुपमा शुक्रबारबाट सुरु हुँदैछ। तर फुटबलका खेलहरु भने प्रतियोगीता उद्घाटन हुनु भन्दा दुई दिन पहिले  नै सुरु हुँदैैछन्।

रियो ओलम्पिक अन्तर्गत महिला तर्फको फुटबल खेल बुधबारबाट सुरु हुँदैछ। महिला समूह चरण अन्तर्गत आज राति हुने खेलमा स्विडेन र दक्षिण अफ्रिका एक आपसमा भिड्दै छन्। त्यस्तै पुरुष फुटबलतर्फ भोलिबाट सुरु हुने समूह चरणको पहिलो खेलमा इराकले डेनमार्कको सामना गर्दैछ।

ओलम्पिक अन्तर्गत पुरुष फुटबलतर्फ  आयोजक ब्राजिलसहित दक्षिण अफ्रिका , इराक, डेनमार्क, स्विडेन, कोलम्बिया, नाइजेरिया, जापान , फिजी, दक्षिण कोरिया, मेक्सिको, जर्मनी , होन्डरुस, अल्जिेरिया, पोर्चुगल, अर्जेन्टिनासिहत १६ राष्ट्रको सहभागिता छ भने महिलातर्फ ब्राजिल, चीन, स्विडेन, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, जिम्बाबे, जर्मनी, युएसए, न्युर्जरल्याड, फ्रान्स, कोलम्बिया गरी कुल १२ राष्ट्रले सहभागिता जनाउँदै छन्।

प्रकाशित: १९ श्रावण २०७३ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App