१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल फिलिपिन्ससँग अंक बाँड्न सफल

काठमाडौं –  नेपालले मंगलबार एएफसी एसियन च्याम्पियनसिप २०१९ को छनोट खेलमा बलियो प्रतिद्वन्द्वी फिलिपिन्सलाई गोलरहित बरारबरीमा रोकेको छ।

एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न दोस्रो लेगमा दुवै टोलीले पाएका गोलका अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल  र फिलिपिन्स बराबरी खेल्दै अंक बाँड्न बाध्य भएका थिए।

नेपालका प्रशिक्षक ग्योटुको कोजीले आफूहरूले बनाएको रणनीति सफल भएको बताए ।
‘फिलिपिन्स हामीभन्दा बलियो टोली हो । हामीले उनीहरूसँग अंक खोस्ने रणनीति बनाएका थियौं र त्यसमा सफल पनि भयांै,’ कोजीले भने, ‘छनोटका अन्य खेलभन्दा यस खेलमा खेलाडीहरूले उच्च प्रदर्शन गरे । यो छनोट चरणकै उत्कृष्ट खेलमध्येको एक बन्यो ।’

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले ५४औं  मिनेटमा गोल गर्ने सुनौलो अवसर पाएको थियो । तर फिलिपिन्सका गोलकिपर निल लियोनार्ड इथिरिज्ड बिट भैसके पनि स्ट्राइकर विमल घर्तीमगर खाली पोस्टमा गोल गर्न चुकेका थिए।

६६औं मिनेटमा विमलको कर्नरमा अन्जनले गरेको हेड बाहिरिँदा नेपाल पुनः एक पटक निराश बनेको थियो ।
यसअघि ३५औं सिमोन रोटाले गरेको सशक्त प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले रोक्दा फिलिपिन्सले अग्रता लिने मौका गुमाएको थियो ।  लगत्तै कप्तान फिलिप जेम्स योङहसब्यान्डले रिबाउन्डमा गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो।

 ६०औं मिनेटमा रोटाको प्रहार गोलकिपर लिम्बुले रोक्दा रिबाउन्डमा प्राप्त बलाई फिलिपिन्सका कप्तान फिलिप जेम्स योङहसब्यान्डले पोस्टको दिशा दिन नसक्दा फिलिपिन्सले पुनः एक पटक गोल गर्ने अवसर खेर फालेको थियो ।
७६औं मिनेटमा गोलपिकर लिम्बु घाइते हँुदै मैदान छाडेपछि वैकल्पिक गोलकिपर विकेश कुथुले नेपाली पोस्टको जिम्मेवारी सम्हालेका थिए।

८४औं मिनेटमा विशाल राईले योङहसब्यान्डको प्रहार गोललाइनबाट क्लियर गर्दै नेपालको संकट टारेका थिए ।
यता राष्ट्रिय टोलीको जर्सीमा अन्तिम पटक मैदानमा उत्रिएका कप्तान अनिल गुरुङले बलियो टोली फिलिपिन्सलाई आफूहरूले बलियो चुनौती दिदै अंक खोस्न सफल भएको बताए।

‘डेब्यु खेलजस्तै यो खेल मेरा लागि विशेष रह्यो,’ सन् २००७ मा ओमानविरुद्धको विश्वकप छनोट खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका गुरुङले भने।

यस नतिजापछि समूह ‘एफ’ मा ५ खेलको समाप्तिमा ९ अंक जोडेको फिलिपिन्स शीर्ष स्थानमा यथावत् छ । समान खेलमा २ अंक जोडेको नेपाल समूहको पुछारमा छ र टोली यसअघि नै छनोट चरणबाट बाहिरिसकेको छ । एक खेल कम खेलेका यमन र ताजकिस्तान समान ६÷६ अंक जोड्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

प्रत्येक समूहका शीर्ष दुई टोली संयुक्त अरब इमिरेट्स (युएई)मा सन् २०१९ जनवरी ५ देखि फेबु्रअरी १ सम्म एसियन कपका लागि छनोट हुनेछन्।

यसअघि गत चैतमा सम्पन्न पहिलो लेगमा नेपालले फिलिपिन्सलाई ४–१ को नतिजा सुम्पिएको थियो ।
फिलिपिन्सका प्रशिक्षक थोमस डोलीले नेपालले घरेलु मैदानमा उत्कृष्ट खेलको नमुना प्रस्तुत गरेको भन्दै नेपाली खेलाडीको प्रशंसा गरे।

‘नेपाली खेलाडीले घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गरे,’ डोलीले भने, ‘हामीले अधिकांश समय बल नियन्त्रण लिए पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु टोलीसँग अंक बाँड्न बाध्य भयांै ।’
डोलीले आफूहरू समूहको अन्तिम खेलअघि नै अन्तिम चरणमा स्थान पक्का गर्ने योजनाका साथ मैदान उत्रिए पनि लक्ष्य प्राप्तिमा चुकेको बताए।

 ‘हामी नेपालसँग स्पष्ट तीन अंक जोड्दै अन्तिम चरणमा स्थान पक्का गर्न चाहन्थ्यौं तर हामी असफल भयौं । अब हामीले समूहको अन्तिम खेल सम्म कुर्नु पर्ने भएको छ,’ डोलीले भने।

फिलिपिन्सले अर्को वर्ष मार्चमा हुने अन्तिम खेलमा ताजकिस्तानको सामना गर्दा नेपालले यमनको सामना गर्नेछ।

यस नतिजापछि समूह ‘एफ’ मा ५ खेलको समाप्तिमा ९ अंक जोडेको फिलिपिन्स शीर्ष स्थानमा यथावत् छ। समान खेलमा २ अंक जोडेको नेपाल समूहको पुछारमा छ र टोली यसअघि नै छनोट चरणबाट बाहिरिसकेको छ।

प्रकाशित: २९ कार्तिक २०७४ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App