coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लोकतन्त्रका पक्षमा उभिन देउवा अपिल

काठमाडौं – नेपाली कांग्रेसले संविधानको कार्यान्वयनसहित उदार बहुदलीय राजनीतिक आर्थिक र सामाजिक प्रणालीका लागि मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो दललाई मतदान गर्न आह्वान गरेको छ। 

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक अपिल जारी गर्दै गैरलोकतान्त्रिक शक्तिहरु एकजुट हुँदै लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत भइरहेको जनाउँदै लोकतन्त्र रक्षाका सबैमा आह्वान गरेका हुन्। 

मुलुकको राजनीतिक फेरि असज र अनुमान गर्नै नसक्ने अवस्थामा पुगेको जनाउँदै देउवाले संविधानको कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन लोकतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । ‘आज देशको राजनीतिक एउटा विलक्षण, असहज र अनुमान गर्न कठिन मोडमा आएर उभिएको छ,’ देउवाको अपिलमा भनिएको छ, ‘तत्कालमा चरम सत्तास्वार्थ र दीर्घकालमा प्राधिकरणवादी अधिनायकत्वको सुषुप्त राजनीतिक महŒवाकांक्षा बोकेर गोलबन्द भएको गैरलोकतान्त्रिक कम्युनिस्ट गठबन्धनका कारण लोकतन्त्रको स्वतस्फुर्त, सहज र मौलिक स्वरुप पुनः एकपटक धरापमा पर्न थालेको आभाव हुँदैछ।’

राजनीतिक रूपान्तरणको अन्तिम गन्तव्य जनताको आर्थिक, सामाजिक तथा चारित्रिक रुपान्तरण भएको उल्लेख गर्दै देउवाले समुन्नत लोकतन्त्रको परिचय जनताको मानवोचित र मर्यादित जीवन भएको  जनाएका छन् । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै राजनीतिक आन्दोलनको चरण पूरा भएको भन्दै कांग्रेस मुलुकलाई अब आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढाउनका लागि परेको देउवाले जनाएका छन्।

 ‘उच्च, दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धिद्वारा मात्रै समग्र जनताको स्तर सुधार गर्न सकिन्छ,’ देउवाले भनेका छन्, ‘आर्थिक समृद्धि र सामाजिक न्यायबीचको यो अन्तसम्बन्ध सेतु लोकतन्त्र हो । जसले समृद्धिलाई समुन्नति र समुन्नतिलाई सुख र शान्तिमा परिणत गरिदिन्छ।’

 

प्रकाशित: २९ कार्तिक २०७४ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App