७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो पटक नेपाल सेमिफाइनलमा

एसिसी यु–१९ युथएसियाकपअन्तर्गत मंगलबार मलेसियाको विकेट लिएपछि नेपाली खेलाडी । तस्बिर सौजन्य : एनएसजेएफ

काठमाडौं– साबिक विजेता भारतलाई बंगलादेशले पराजित गरेपछि मंगलबार बायोमास ओभलमा आयोजक मलेसिया माथि ८ विकेटको विजय हासिल गरेको नेपाल पहिलो पटक एसिसी यु–१९ युथ एसियाकपको सेमिफाइनलमा पुगेको छ।

आइतबार भारतमाथि १९ रनको ऐतिहासिक विजय हासिल गरे पनि नेपाललाई सेमिफाइनलमा पुग्न समूह चरणको अन्तिम खेलमा मलेसियालाई हराएर मात्र पुग्दैनथ्यो । बंगलादेशले पनि भारतलाई हराउनै पथ्र्यो । भारत विजयी भएको खण्डमा रनरेटका आधारमा नेपालको सेमिफाइनल भविष्य निर्धारण हुन्थ्यो।
 
मंगलबार बिहानैबाट मलेसियामा पानी परेपछि नेपालको चिन्ता थपिएको थियो तर करिब पौने पाँच घण्टा ढिलो गरी खेल सुरु भएपछि नेपालको आशाजागेको थियो। वर्षाले प्रभावित भएपछि २४ ओभरमा छोट्याइएको खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरे । अघिल्ला खेलमा खासै जम्न नसकेका दायाँ हाते स्पिनर सन्दीप लामिछानेले ८ रन दिएर ५ विकेट लिएपछि पहिले ब्याटिङ गरेको मलेसियाले १५.३ ओभरमा ४५ रन जोड्दा सबै विकेट गुमायो । ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.२ ओभरमै पूरा गर्‍यो।

पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएपनि समूह ‘ए’ काबाँकी खेल जित्दै नेपालले अन्तिम चारमा स्थान पक्का ग¥यो । समूह ‘ए’ मा ६ अंक बटुलेको बंगलादेशले शीर्ष टोलीको हैसियत बनाउँदा ४ अंक जोडेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । २ अंक जोडेको साबिक विजेता भारत समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा अपराजित रहँदै आएको भारत नेपालसँग पराजित भएपछि बंगालदेशसँग पनि हा¥यो । यससँगै प्रतियोगिताले नयाँ विजेता टोलीपाउने पक्का भएको छ । मलेसियामै भएको भएको पहिलो संस्करणमा पाकिस्तान र भारत संयुक्त विजेता बनेका थिए भने युएई र श्रीलंकामा भएका बाँकी दुई संस्करणमा भारत विजेता बनेको थियो।

अब नेपालले फाइनलका लागि समूह ‘बी’ को विजेता अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ नेपाललाई अफगानिस्तानसँग विश्वकप छनोटको फाइनलमा हारेको बदलालिने अवसर जुटेको छ । त्यति बेला नेपालको ब्याटिङ नचल्दा अफगानिस्तान ९६ रनले विजयी हुँदै यु–१९ विश्वकपमा स्थान बनाएको थियो । अर्को सेमिफाइनलमा बंगलादेशले पाकिस्तानविरुद्ध खेल्नेछ। 

प्रकाशित: २९ कार्तिक २०७४ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App