८ वैशाख २०८१ शनिबार
राजनीति

तनहुँबासीलाई १० प्रतिशत शेयर दिलाउने नेता पौडेल प्रतिबद्धता

रामचन्द्र पाैडेल। फाइल तस्विर

दमौली—नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने वचन दिएका छन्।

पोखरीछापमा आयोजित कोणसभामा नेता पौडेलले तनहुँ जल विद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने बताए।

चुनावी प्रचार प्रसारको अभियानअन्तर्गत आज तनहुँको व्यास नगरपालिका–७ स्थित पोखरीछापमा आयोजित कोणसभामा नेता पौडेलले तनहुँ जल विद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने बताए।

सो आयोजना काँग्रेस कै पहलमा आएको र त्यसलाई अगाडि बढाउने जिम्मेवारी आफ्नै काँधमा आएको उनको भनाइ थियो। झुट र भ्रमको खेती गर्ने कम्प्यूनिष्टको विश्वास गर्न नसकिने पनि उनले बताए।

कृषि, जलस्रोत र पर्यटनको विकासमा जोड दिँदै उहाँले आर्थिक समृद्धि बिना देश अगाडि बढ्न नसक्ने बताए। कार्यक्रममा समानुपातिकका उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, काँग्रेस नेता समुन्द्र गोदार लगायतकाले लोकतान्त्रिक शक्तिले जिते मात्रै देशको विकास हुने उनको भनाइ थियो।

प्रकाशित: २८ कार्तिक २०७४ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App