coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

 

काठमाडौँ -निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ । 
निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन् । 
निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता, मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत उक्त सुविधा पाउने व्यवस्था गरिएको छ । 
त्यसैगरी निर्वाचनको घुम्ती टोलीमा खटिने कर्मचारी, मतगणनामा खटिने कर्मचारी, मतदान केन्द्र पुनरावलोकनमा खटिने कर्मचारी, निर्वाचन सामग्री व्यवस्थापनमा खटिने कर्मचारी र निर्वाचन विज्ञले पनि सो सुविधा पाउनेछन् । (रासस)

प्रकाशित: २८ कार्तिक २०७४ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App