८ वैशाख २०८१ शनिबार
राजनीति

नक्सालका गल्लीभित्र गगन थापाकाे घरदैलाे (भिडियो)

काठमाडौं— मंगलबार बिहान ७ः३० बजेतिर नक्साल क्षेत्रमा बसोबास गर्ने अमिर श्रेष्ठ मर्निङ वाकबाट फर्किरहेका थिए। काठमाडौंको ठण्डीमा पशुपतिको एक फन्को लगाएर फर्किंरहँदा भगवती बहाल क्षेत्र चुनाबी घरदैलोले तातिसकेको थियो। चारतारे झन्डा बोकेका काँग्रेस कार्यकर्ता नागपोखरी जाने बाटोमा भोट माग्दै थिए। कोही गगन थापाको चुनाबी अभियानका लागि तयार पारिएको र्‍याप गीतमा अप्ठ्यारोसँग कम्मर मर्काइरहेका देखिए।

‘अब चुनाब लागेछ’, उनले नागरिकन्युजसँग भने, ‘पहिला पनि यहाँका नेता गगन थापा नै हुन्। भोट माग्न पनि उनी सुरुमै आएछन्।’ उनले योभन्दा अगाडि अरु दलका नेता भोट माग्न नआएको प्रस्ट्याए। यतिकैमा गगन थापाको घरदैलो नक्सालको मूल सडकमा निस्कियो। 

२०४३ सालदेखि नक्साल बस्दै आएका उनले निर्वाचनका एजेन्डा सोधेनन्। बरु सिधै गगन थापासँग अंकमाल गरे। 'विजयको लागि शुभकामना छ', उनले भने।

बाटोमा गगनलाई भेट्ने युवाहरु आएर हात मिलाउथेँ। उनकै उमेर समूहकाहरुलाई पनि उनी नमस्ते गर्थे। ज्येष्ठ नागरिक भेटिए शिर झुकाएर आर्शीवाद लिन्थे। कोही स्वास्थ्यमन्त्री हुँदा गरेका कामको प्रशंसा सुनाउथे। कोही टोलका समस्या उठाउथेँ। कोही गलामा फूलको माला लगाइदिन्थे, कोही खादा। सबै मतदाता समक्ष उनी उस्तै गरी पेश हुन्थे— पहिला मुस्कान अनि नमस्ते। 

घरदैलो टोली नागपोखरीतर्फ जाँदै गर्दा पुरानो एकतले घरको दैलोबाट एक जना वृद्धा हेरिरहेकी थिइन्। उनको नजिकै पुगेर गगनले शिर झुकाए।
‘मेरो तर्फबाट तपाइँलाई शुभकामना छ’, बसुन्धरा श्रेष्ठ नाम गरेकी उनले एक काइँयो केरा उपहार प्रदान गर्दै भनिन्, ‘यहाँबाट जितेर देशको सेवा गर्नुहोला।’ 

‘हस्, तपाइँहरुको विश्वास टुट्न दिने छैन’, गगनले विश्वास दिलाए। 

बिहान ७ः३० बजे सुरु भएको घरदैलो करिब ८ बजे मुख्य बाटो छोडेर नागपोखरी कोलाेनीभित्र प्रवेश गर्‍यो। मनकामना दर्शन प्रालिको केन्द्रीय कार्यालयसँगैको गल्ली भित्र ठूलो कम्पाउन्ड भएका घरहरु देखिए। ‘यहाँ हाम्रा साथीहरुका घर छन् जानुपर्छ’, कार पार्किङ गरिरहेका घरहरुतर्फ देखाउँदै एक जनाले भने। 

‘यो ठाउँका मतदाताको लागि म नौलो होइन। मेरा लागि पनि उहाँहरु नयाँ होइन’, गगन थापाले भने, ‘यहाँ अरुबेला पनि गारोसारो पर्दा हाम्रो नियमित रुपमा भेटघाट हुने गर्छ तर पनि मत माग्न आउनु फरक कुरा हो।’

‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धि र विकास अभियान’, प्रदीप चन्द पण्डित हाते माइकबाट फलाक्दै थिए। उनको अाह्वान सुनेर छतमा घाम तापिरहेकाहरु चासोपूर्वक तल गल्लीमा आँखा दौडाउथेँ। पाहुना आएको देखेर तल ओर्लिने मध्ये एक थिए– नरेन्द्रबहादुर श्रेष्ठ। २०४३ सालदेखि नक्साल बस्दै आएका उनले निर्वाचनका एजेन्डा सोधेनन्। बरु सिधै गगन थापासँग अंकमाल गरे। 'विजयको लागि शुभकामना छ', उनले भने।

कामपा वडा नं. १ इलाका समिति सभापति भोला थापाले उत्तरतर्फको गल्लीमा प्रवेश गर्न इसारा गरे। हुल त्यतै सोझियो। नेवार समुदायको बाक्लो बसोबास रहेको यहाँको घरदैलोका मुख्य सारथि थिए– प्रदेश सभाका उम्मेदवार नरोत्तम वैद्य र भोला थापा । उनीहरु जता भन्थे घरदैलो त्यतै लाग्थ्यो। नरोत्तम वैद्य स्थानीय नेवार समुदायका व्यक्तिहरुसँग नेवारीमै बात मार्थे । 

‘हामीले प्रचार सामग्री बाँड्ने, विचार दिएर मत माग्ने अलग अलग टोली छुट्याएका छौं’, घरदैलोको अगुवाइ गरिरहेका भोला थापाले सुनाए। ‘त्यही भएर गगनजीले बोलिरहनु पर्ने अवस्था छैन। उहाँले जवाफ दिन थाल्दा धेरै समय लाग्छ। धेरै घरमा पुग्न यसो गरिएको हो।’ 

म नयाँ होइन, मतदाता नयाँ होइनन्
नक्साल क्षेत्रमा घरदैलो कार्यक्रम चलिरहँदा गगन थापा निकै उत्साही देखिन्थे। नरोत्तम वैद्य प्रदेश सभा निर्वाचनका उम्मेदवार हुँदा आफूलाई थप सहज भएको उनको बुझाइ रहेछ।

‘यो ठाउँका मतदाताको लागि म नौलो होइन। मेरा लागि पनि उहाँहरु नयाँ होइन’, गगन थापाले भने, ‘यहाँ अरुबेला पनि गारोसारो पर्दा हाम्रो नियमित रुपमा भेटघाट हुने गर्छ तर पनि मत माग्न आउनु फरक कुरा हो।’

फोटो/भिडियो : प्रबीन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App