८ वैशाख २०८१ शनिबार
समाज

गौचन हत्यामा संलग्न ५ जना पक्राउ

काठमाडौं- प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालार्इ पक्राउ गरेको छ। मंगलबार पुलिस क्लबमा सुटर राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र  प्रकाश बुढाथोकीलार्इ प्रहरिले पक्राउ गरी सार्वजनिक गरेको हो।

एआअाइजी जयबहादुर चन्दले नेपाल छोडेर भागेका समिरमान सिंह बस्नेत र मनोज पुनको योजनामा १३ जना परिचालित भएर गाैचनको हत्या भएको बताए। उनीहरुले पक्राउ पाँचसहित लोप्साङ तामाङ, गंगा लिङ्देन, श्यामबहादुर गुम्बे, अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापालाई परिचालन गरी गौचनको हत्या गरेको प्रहरीले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। बस्नेत, पुनसहित ८ जना फरार छन्।

सिनामङ्गल पुल पुग्दा उसले ज्याकेट र टोपी फुकालेर सडकमा फालेको दृश्य देखिन्छ। त्यसपछि ती व्यक्ति कालो र सेतो छिर्के टिसर्टमा देखिएका थिए। प्रहरीले मंगलबार सुटरको रुपमा सार्वजनिक गरेका स्याङ्तानले त्यही टिसर्ट लगाएका थिए।

अनुसन्धान समितिका प्रमुख डिअाइजी गणेश बस्नेतका अनुसार उनीहरुले भारतबाट हतियार र चोरीको मोटरसाइकल ल्याएर गौचन हत्यामा प्रयोग गरेका थिए। हत्याको प्रयोजन व्यवसायीलाई धम्क्याएर रकम असुल्ने देखिएको उनले जनाए। प्रहरीकाअनुसार हत्यामा प्रयोग भएका दुई जना नेपाली सेनाका पूर्व सैनिक हुन्। गुम्बे भगौडा सिपाही र राना पूर्व सिपाही भएको प्रहरीले पुष्टि गरेको छ।

घटनामा दुई हतियार, दुई मोटरसाइकल र दुई सुटर प्रयोग भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ। पहिलो सुटर स्याङताङ पक्राउ परेका छन्। दोस्रो सुटर अम्बरबहादुर राना फरार छन्। उनीहरुले हत्यामा बा ३५ प २४६१ नम्बरको मोटरसाइकल प्रयोग गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल र पेस्तोल बरामद गरेको छ। प्रहरीले अनुसन्धानका लागि काठमाडौंका विभिन्न स्थानमा जडान गरिएको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) फुटेजको उपयोग गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेका तथ्यहरुमा देखिएको थियो।

प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुटेजअनुसार घटनास्थलबाट फरारहरु भाग्न सिनामंगल पुल, तारा हल, काठमाडौं मेडिकल कलेजको बाटो प्रयोग गरेको देखिन्छ। प्रारम्भमा घटनास्थलमा मोटरसाइकलमा भाग्ने पछाडि सिटमा बसेको व्यक्तिले टोपी र कालो ज्याकेट लगाएको देखिन्छ। सिनामङ्गल पुल पुग्दा उसले ज्याकेट र टोपी फुकालेर सडकमा फालेको दृश्य देखिन्छ। त्यसपछि ती व्यक्ति कालो र सेतो छिर्के टिसर्टमा देखिएका थिए। प्रहरीले मंगलबार सुटरको रुपमा सार्वजनिक गरेका स्याङ्तानले त्यही टिसर्ट लगाएका थिए।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। गोलीबाट घाइते बनेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। 

पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए।

प्रकाशित: २८ कार्तिक २०७४ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App