जुम्ला, कार्तिक २८ – तिला गाउँपालिका ९ खोप्री गाउँका ६० वर्षीया हैजली थापा २०४६ सालपछिको निर्वाचनमा मतदान गर्दै आएकी छिन् । अहिलेसम्म उनले उम्मेदवार चिनेर वा उम्मेदवारको घोषणापत्र हेरेर भोट हाल्न पाएकी छैनन् । ' उम्मेदवार कस्ता छन् ? काम गर्छन् वा गर्दैन्न् र कसका उम्मेदवार हुन भन्ने बारेमा कुनै हेक्का छैन् । गाउँको जान्ने सुन्नेले जुन चिन्हमा मत खसाल्न् भन्छन् । त्यसैमा भाेट हाल्ने गरेकाे छु,'उनले भनिन्,' धेरैलाई भोट हाल्यौ । भोट दिएर जितेका प्रतिनिधिले के गरेका छन् भन्ने जानकारी छैन् ।'
अर्की मतदाता ६५ वर्षीय हिरकली बुढा वर्षौदेखि मतदान गरेपनि कुनै परिवर्तन भएको बताउँछिन्। गाउँमा अहिले एक सय ३१ जना मतदाता छन् । तल्लो र माथिल्लो खोप्री गाउँमा ४५ घर धुरी छन् । शिक्षक कालीबहादुर थापा उम्मेदवारको नजरमा खोप्री गाउँका मतदाताको कुनै वास्ता गरिएको नपाइएको महशुस हुन थालेको उनको बुझाई रहेको छ । ‘ मतदाता थुप्रै समस्या राख्न चाहन्छन् । समस्यापनि नसुन्ने र मतादाता भेट्न आउन नसक्ने उम्मेदवार जनताको प्रतिनिधी हुन सक्दैन्,’उनले भने ।
उनका अनुसार पछिल्लो समयमा भएका निर्वाचन मध्ये २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा यहाँका मतदाताले माओवादी उम्मेदवारलाई भोट खसाले । स्थानीय तहको चुनावमा व्यक्ति हेरेर मतदान गरेर जिताए । उनीहरु स्थानीय तहको चुनावमा निर्णायक मतदाताका रुपमा थिए ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत