नेपाल युथ एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

मङ्गलबार, २८ कार्तिक २०७४, १३ : १६ नागरिक

काठमाडौं- नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो।

यो समूहमा रहेका भारत २ अंक सहित तेस्रो स्थान र मलेशिया अंकविहिन अन्तिम स्थानमा रहे। बंगलादेशसँग ८ विकेटले पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको हो।

यो समूहमा रहेका भारत २ अंक सहित तेस्रो स्थान र मलेशिया अंकविहिन अन्तिम स्थानमा रहे । बंगलादेशसँग ८ विकेटले पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको हो । शिर्ष दुइमा स्थानमा रहेका टिम मात्र अर्को चरणमा छनाैट हुन्छन् ।

अब नेपालले शुक्रवार ग्रुप बी विजेता अफगानिस्तानसँग दोस्रो सेमिफाइनल खेल्नेछ । पहिलोमा बंगलादेश र पाकिस्तान बिहिवार खेल्नेछन् ।

यसअघि मंगलबार भएको मलेसिया बिरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भयो । उक्त खेलमा ५.३ ओभरमा दुई विकेट गुमाउँदै नेपालले विजय लक्ष्य भेट्ट्याएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १२ रन, अनिल शाहले अविजित १७ रन बनाए।

यसअघि मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण २४ ओभर छोट्याइएको खेलमा मलेसिया १५.३ ओभरमा अलआउट हुँदै ४५ रनमात्र बनाउन सकेको थियो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। दिपेन्द्र ऐरी र सहब आलमले भने समान दुई दुई विकेट लिए। मलेसियाका लागि शइद मुबारकले २० र कप्तान विरन्दीप जगजीत सिंहले १० रन बनाउनबाहेक अरु खेलाडीले दोहोर अंक जोड्न सकेनन्। नेपालले यसअघि बंगलादेशसँग दुई विकेटले पराजित भए पनि भारतसँग ऐतिहासिक जित दर्ता गरेको थियो।






















यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad