coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

साकाहारी कि मांसाहारी ?

 

ज्ञानमित्र
संसारभर साकाहार र मांसाहारलाई ठूलो मुद्दा बनाइएको छ । दुवैका पक्षपातीले आ–आफ्ना पक्षमा अनेकौँ तर्क प्रस्तुत गर्छन् । जानौँ दुवै आहारबारे केही तथ्य:

मांसाहार र साकाहार दुवैका फाइदा र बेफाइदा छन् । रुचि तपाईंको हो, के रोज्ने ? जुन पद्धति रोजे पनि सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । भोजनमा तेल, मसला, पिरो न्यून हुनुपर्छ । साथै योग र व्यायामलाई दिनचर्या बनाउनुपर्छ । साकाहारीले सकेसम्म आग्र्यानिक उत्पादन प्रयोगमा ल्याउनुपर्छ ।

१. साकाहारमा रूख–बिरुवाबाट उत्पादित वनस्पतिजन्य भोजन पर्छन् । विभिन्न अनाज, दाल, फल, तरकारी आदि ।
२. विभिन्न पशुबाट प्राप्त हुने दूध र दूधबाट बनेका अनेकौँ सामग्री पनि साकाहारकै श्रेणीमा आउँछन् ।
३. ‘ल्याक्टो भेजिटेरियन’मा वनस्पतिमा आधारित भोजनका साथै डेरी उत्पादन सम्मिलित हुन्छन् ।
४. ‘ओभो भेजिटेरियन’ श्रेणीमा वनस्पतिमा आधारित भोजनका साथै अन्डा पनि सेवन गरिन्छ ।
५. ‘ओभो ल्याक्टो भेजिटेरियन’ श्रेणीमा वनस्पतिमा आधारित साथै अन्डा एवं डेरी उत्पादन सम्मिलित हुन्छन् ।
६. ‘सेमी भेजिटेरियन’ श्रेणीमा ‘ओबो ल्याक्टो भेजिटेरियन’का साथै माछा र चिकेन सम्मिलित हुन्छन् ।
७. शुद्ध साकाहार श्रेणीमा मह, डेरी उत्पादन र अन्डा, माछासहित पशुबाट प्राप्त हुने कुनै पनि उत्पादन पर्दैनन् ।
८. साकाहार भोजनले आत्मविश्वास दिन्छ ।
९. साकाहार भोजनमा बोसोको मात्रा कम हुन्छ ।
१०. साकाहार भोजनमा रेसा (फाइबर) प्रशस्त मात्रामा हुन्छ ।
११. अधिकांश साकाहार भोजनलाई हाम्रो पाचनतन्त्रले छिटै पचाउँछ ।
१२. विभिन्न धर्मले साकाहार भोजनलाई साŒिवक मानेका छन् । साŒिवक भोजन शान्ति, एकाग्रता, करुणा, प्रेम, दया जस्ता गुणका लागि प्रख्यात छ ।
१३. साकाहार भोजनमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।
१४. साकाहार मानिसको रोग प्रतिरोधक क्षमता मांसाहारभन्दा बढी हुन्छ ।
१५. साकाहार भोजनले प्रोस्टेट र कोलोन ग्रन्थीको क्यान्सर हुने खतरा न्यून हुन्छ । साथै महिलामा हुने स्तन क्यान्सरको सम्भावना पनि कम हुन्छ ।
१६. अनाज, फल, तरकारीमा प्रशस्त मात्रामा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले अनेक रोग हुनबाट जोगाउँछ ।

साकाहारका बेफाइदा
१७. साकाहार मात्रै गर्ने प्राणीमा भिटामिन बी– १३, जिंक, ओमेगा– ३, भिटामिन डि– ३, सल्फर कमी हुन सक्छ ।
१८. साकाहार भोजनमा उपलब्ध आइरनलाई मानव शरीरले अवशोषित गर्न सक्दैन । यसले शरीरमा आइरनको कमी हुनुका साथै रगतको कमी हुन सक्छ ।
१९. खासगरी, महिलामा महिनावारीमा यसको समस्या हुन्छ ।
मांसाहार
२०. संसारभरि साकाहारको तुलनामा मांसाहार बढी प्रचलित छ । विदेश जाँदा तपाईं साकाहारी हुनुहुन्छ भने तपाईंलाई भोजनमा समस्या आउँछ ।
२१. माछाबाट प्राप्त हुने ओमेगा– ३ ले हृदय रोग र क्यान्सरजस्ता रोगबाट रक्षा गर्छ ।
२२. मांसाहारबाट उपलब्ध हुने फोस्फोरस शरीरले सजिलै अवशोषित गर्छ । शरीरलाई चाहिने फोस्फोरस मांसाहारबाट प्राप्त हुन्छ । क्याल्सियमपछि शरीरमा सबैभन्दा बढी फोस्फोरस नै चाहिन्छ ।
२३. मांसाहार भोजन आइरन र भिटामिन बी–१२ ले भरिपूर्ण हुन्छ । मांसाहारमा प्रोटिन बढी हुनुका साथै प्रोटिनको गुणस्तर पनि राम्रो हुन्छ ।
२४. मांसाहारी भोजनमा जिंक र सेलेनियमको पर्याप्त मात्रा हुन्छ ।
२५. मांसाहारबाट प्राप्त प्रोटिनमा केही यस्ता एमिनो एसिड प्राप्त हुन्छन्, जुन शारीरिक र मानसिक शक्तिका लागि आवश्यक छन् ।
२६. आयुर्वेदका अनुसार मानव शरीरमा तीन प्रकार शारीरिक प्रकृति हुन्छन्, वात, पित्त र कफ । आयुर्वेदले वात प्रकृतिलाई मासु खान छुट दिन्छ । पित्त प्रकृतिलाई यो निषेध गरिएको छ । कफ प्रवृत्तिवालालाई यदाकदा मासु खान छुट दिन्छ ।
२७. चरकले पनि शारीरिक क्षय, दौबल्यतामा मासु खान अनुमति दिएका छन् ।
२८. मासुजन्य भोजनमा पाइनेजति पोषक तŒव साकाहार भोजनमा सहज उपलब्ध हुन्छन् ।
मांसाहारका बेफाइदा
२९. हालैका शोधबाट थाहा भएको छ कि मांसाहारले क्यान्सरको खतरालाई निम्त्याउँछ ।
३०. हाई ब्लड प्रेसरको खतरा पनि मांसाहारले बढाउँछ ।
३१. मांसाहारमा खासगरी ‘रेडमिट’मा ‘कोलेस्ट्रोल’को मात्रा बढी हुन्छ । यसले रक्तबाहिकालाई अवरुद्ध गरेर ‘ब्लड प्रेसर’ बढाउने एवं हृदय रोग निम्त्याउँछ ।
३२. मांसाहारले अपच, अजीर्ण र पाचनसम्बन्धी रोगको सम्भावनामा वृद्धि गर्छ ।
३३. ‘कन्स्टिपेसन’ र ‘एसिडिटी’को समस्या मांसाहारले बढाउँछ ।
३४. मांसाहारले साकाहारको तुलनामा मोटोपनको समस्या बढाउँछ ।
३५. मांसाहारले शरीरमा अधिक मात्रामा प्रोटिन सञ्चित हुन जान्छ । यसले अनेकौँ रोग हुने सम्भावनामा वृद्धि हुन्छ ।
३६. पशुलाई निम्न स्तरको भोजन एवं अनेक औषधि दिइन्छ । यस प्रकारको मासुको सेवनले मानव शरीरमा अनेक विकार हुन सक्छन् ।
३७. मांसाहार भोजनमा रेसा (फाइबर)को अभाव हुन्छ । वैज्ञानिकका अनुसार आन्द्रा र फोक्सोको क्यान्सर हुने सम्भावना मांसाहारीहरूमा प्रबल हुन्छ ।
३८. ‘किड्नी स्टोन ओस्टोपोरोसिस’ हुने सम्भावना पनि मांसाहारीमा बढी हुन्छ ।
मांसाहार र साकाहार दुवैका फाइदा र बेफाइदा छन् । रुचि तपाईंको हो, के रोज्ने ? जुन पद्धति रोजे पनि सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । भोजनमा तेल, मसला, पिरो न्यून हुनुपर्छ । साथै योग र व्यायामलाई दिनचर्या बनाउनुपर्छ । साकाहारीले सकेसम्म अग्र्यानिक उत्पादन प्रयोगमा ल्याउनुपर्छ । यदि तपाईंको रुचि मांसाहारी हो भने यसका साथै तपाईंले फाइबरयुक्त भोजन पनि थप्नुपर्छ ।

(ज्ञानमित्रको प्रकाशोन्मुख पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’बाट)

प्रकाशित: २८ कार्तिक २०७४ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App