८ वैशाख २०८१ शनिबार
समाज

एआइजीमा नेपाल प्रहरीका चार जना बढुवा सिफारिस

काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको निर्णयअनुसार मन्त्रालयले प्रहरी नायव महानिरीक्षक हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठको नाम सिफारिस गरेको हो। 

यसअघि ७ जना एआइजी दरबन्दी भएकामा गृहमन्त्री जनार्दन शर्माको पालामा ४ दरबन्दी थपेर ११  पुर्याइएको थियो।

प्रकाशित: २८ कार्तिक २०७४ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App