१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुरक्षा चुनौती कम गर्न राजनीतिक दल जिम्मेवार हुनुपर्छ : पूर्व एआइजी ढकाल

काठमाडौंः पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्वएआइजी) नवराज ढकालले निर्वाचनका समयमा बढ्ने सुरक्षा चुनौती कम गर्न राजनीतिक दल र सम्बन्धित उम्मेदवार जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपालमा राजनीतिक दलहरु जिम्मेवार नबन्दा सुरक्षा चुनौती थप जटिल भएको ढकालले बताए ।

रेडियो नागरिकसँग मंगलबार कुराकानी गर्दै पूर्वएआइजी ढकालले निर्वाचनमा राजनीतिक दलहरुले कसरी सफल पार्नेभन्दा पनि कसरी जित्ने भन्नेमा बढी जोड दिएको बताए । उनले भने, ‘दल तथा उम्मेदवारले आफु कसरी जित्ने भन्नेमा बढी जोड दिन्छन् । जसमा उनीहरुले जित्नका लागि जस्तोसुकै कदम पनि चाल्न तयार हुन्छन् । जसले गर्दा सुरक्षा चुनौती थप जटिल बन्न जान्छ ।’

निर्वाचनमा राजनीतिक दलहरुले उम्मेदवार छनोट सुरु गरेदेखि उम्मेदवारको सुरक्षा, चुनावी प्रचार अभियानमा सुरक्षा, मतदान स्थल, मतपेटिकाको सुरक्षा, मतगणना स्थलको सुरक्षादेखि उम्मेदवार विजय भइसकेपछिको विजय जुलुससम्म सुरक्षा संवेदनशीलता हुने पूर्वएआइजी ढकालले बताए ।

ढकालले भने, ‘स्वशासन प्रणालीमा जनताले राजनीतिक व्यक्तित्वहरुलाई प्रतिनिधत्व छनोट गरेर पठाएपछि जनताको अभिमतको सुरक्षा गर्न सकेका छैन ।’

मंसिरमा हुने निर्वाचनमा सुरक्षा चुनौती भनेको विप्लव समुह र तराईमा खुला सीमाका कारण सशस्त्र द्वन्द्वकालबाट आएका केही व्यक्तिहरुलाई राजनीतिक दलहरुले निर्वाचन विथोल्ने गतिविधिमा प्रयोग गर्न सक्ने सम्भावनाहरु रहेको पूर्वएआइजी ढकालले बताए । उनले भने, ‘त्यस्ता सम्भावित व्यक्तिहरुलाई सुरक्षा निकायले कानुनी तवरबाट नियन्त्रणमा लिनुपर्दछ ।’

प्रकाशित: २८ कार्तिक २०७४ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App