८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इरानको भूकम्पमा मृत्यु हुनेको संख्या २३०जना पुग्याे

तेहरान – इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २३० पुगेको छ। 

उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्। 

उक्त भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन्। 

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ। उद्धारको काममा खटिरहेकाहरूले दिएको समाचारमा कम्तीमा पनि २३० जनाको शव भेटिएको छ। 

सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन्। अधिकारीहरुले सोमबार नै घाइते हुनेको सङ्ख्या एक हजार ७०० भन्दा बढी नै रहेको जनाएका छन्। 

प्रकाशित: २७ कार्तिक २०७४ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App