८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

किन्सासा – दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ। 

गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। 

रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन्। 

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ। कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ। 

प्रकाशित: २७ कार्तिक २०७४ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App