coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दमननाथलाई हाम्रो समर्थन छैन : बिजुक्छें

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पार्टीको समर्थन नरहेको स्पष्ट पारेका छन्।

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका ढुंगानालाई नेमकिपाको समर्थन रहेको हल्ला चलिरहेको बेला रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको नेमकिपाका उम्मेदवारहरुसँंगको अन्तरक्रियामा पार्टी अध्यक्ष विजुक्छेले नेमकिपाले सशक्त रुपमा आफ्नै उम्मेदवार उठाएको स्पष्ट पारे । पार्टीको तर्फबाट सो क्षेत्रमा निवर्तमान सभासद एवं पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रीय अध्यक्ष उम्मेदवार छिन् । विरोधीले यो हल्ला चलाएको उनको भनाई छ। 

गैरलोकतन्त्रवादीहरू मिलेर लोकतानित्रक गठबन्धन र गैरवामपन्थीहरू मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप लगाउँदै उनले नेमकिपाले जित्नकै लागि सिद्धान्तहीन एकता नगरी एक्लै उम्मेदवारी दिएको बताए। 

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १  का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पुँजीवाद विरुद्ध नेमकिपाको उम्मेदवार भएको बताए । पार्टीका भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगरले सरकारले राज्यको ढुकुटीको दुरुपयोग गरेर चुनावको मुखमा गरिवको नाममा १८ करोड रुपैयाँ बाडेर आचार संहिता उलंघन गरेको बताइन। 

पार्टीका भक्तपुर क्षेत्र नं. १ प्रदेश नं. १ का उम्मेदवार निरज लवजू, २ का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं. २ प्रदेश सभा १ का उम्मेदवार सरोजराज गोसाई र २ का उम्मेदवार प्रेमजन थापाले ठूला दलले ठूला घोषणा पत्र बनाएर जनता झुक्याउँदै आएको बताए।  

प्रकाशित: २७ कार्तिक २०७४ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App