coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तेस्रो  सन्तानको पिता बन्दै मिस्टर बिन

वासिङटन – हलिउड हाँस्य अभिनेता रोवान एटिकन्सन उर्फ मिस्टर बिन ६२ वर्षमा तेस्रो सन्तानका पिता बन्ने भएका छन्। 
बिनकी ३३ वर्षीया पत्नी लुइस फोर्डले केही हप्तामा नै सन्तानलाई जन्म दिने भएकी छिन् । बिन भने यस अघि नै दुई सन्तानका पिता हुन् । बिनकी पहिली पत्नी सुनेत्रा तर्फका २३ वर्षीय छोरा र २१ वर्षिया छोरी छन्। 

बिन र लुइसबीच सन् २०१२ मा एक कार्यक्रमको शिलशिलामा भेट भएको थियो । उनीहरूको वेस्ट इन्ड कमेडी क्वाटरमाइन टममा काम गर्दा भेट भएको थियो। 

लुइससँगको प्रेममा  रहेका बिनले सन् २०१४मा पहिली पत्नी सुनेत्रासँगको सम्बन्ध विच्छेद गरेपश्चात् लुइससँग विवाह गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०७४ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App