चुनावपछि मात्रै पार्टी एकता : दाहाल

सोमबार, २७ कार्तिक २०७४, १३ : ३९ नागरिक

रत्ननगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन्। 


चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए। 

उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए। चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे। 

चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो। चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिकरुपमा सक्रिय भएका उनले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए। 

चितवनमा उनको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे छन्। पाण्डेले पनि चुनावी अभियान तीव्र पारेका छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad