coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघ्यो

बग्दाद– इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघेको छ । इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
इराकको कस्बे हलब्जालाई ३२ किलोमिटरको दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पमा परी करिब ९ सय घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । उक्त भूकम्पका कारण इरानमा समेत ४ जनाको मृत्यु भएको र कम्तीमा ५० भन्दा बढी घाइते भएको इरान सरकारले बताएको छ ।
भूकम्पका कारण इराक तथा इरानमा विद्युत सेवा अवरूद्ध भएको छ । भूकम्पपछिको उद्दारका लागि इरान सरकारले सैनिक परिचालन गरेको छ ।

 

प्रकाशित: २७ कार्तिक २०७४ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App