७ वैशाख २०८१ शुक्रबार
अर्थ

बाढी पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने

काठमाडौं- मुलुकमायो वर्ष बाढीले पु¥याएकोक्षतिकोपुनस्र्थापनागर्नकरिब ७३ अर्ब रुपैयाँआवश्यकहुने देखिएको छ । राष्ट्रिय योजनाआयोगले तयार पारेको ‘बाढीपछिकोपुनरुत्थानआवश्यकताआंकलन’लेसो आवश्यकतादेखाएको हो।
आयोगकाउपाध्यक्ष स्वर्णिम वाग्लेले सबैभन्दा बढी आवास पुनर्निर्माणमा लाग्ने जानकारी दिए ।‘बाढीपछिको पुनरुत्थानकालागि७३ अर्ब रुपैयाँआवश्यकहुने देखिएको छ,’ उपाध्यक्षवाग्लेले आइतबार नागरिकसँगभने,‘यसमा५० प्रतिशतभन्दा बढी निजीआवास पुनर्निर्माणका लागिखर्च गर्नुपर्ने हुन्छ ।’
उपाध्यक्षवाग्लेकाअनुसार बाढीबाट ३५ जिल्लाकाकरिब १७लाखजनताप्रभावितबनेका छन् ।बाढी प्रभावित ३५ मध्ये १८ वटा जिल्लाअतिप्रभावितपाइएको उनले बताए । ‘प्रभावित क्षेत्रका४१ हजार घर पूर्णरुपमाक्षतिभएका छन् । एकलाख ५० हजार घरमाआंशिकक्षतिपुगेको छ,’ उनले भने, ‘त्यसैले निजीआवासतर्फ सबैभन्दा बढी करिब ४० अर्ब रुपैयाँआवश्यकता देखिएको हो ।’ पूर्णरुपमाक्षतिभएका घरपुनर्निर्माणका लागि ‘जनताआवास कार्यक्रम’को न्यूनतममापदण्डलागू गर्दा पनिठूलो रकमखर्च हुने उनले बताए। जनताआवासको मापदण्डअनुसार तीन सय २४ वर्गफिटको एउटा घर निर्माणका लागिकम्तीमाचार लाख५० हजार रुपैयाँलाग्ने उनको भनाइछ ।यसमाप्रतिवर्गफिट एक हजार तीन सय ८८ रुपैयाँका दरले मूल्यांकनगरिन्छ ।
‘राज्यले निजी घर बनाउनलाग्ने पूरै रकमदिन सम्भवहुँदैन । तर,भूकम्पपीडितलाई दिएको प्याकेज बाढीपीडितलाई पनि दिनुपर्छ भन्ने सुझावदिएकाछौं,’ उपाध्यक्षवाग्लेले भने ।सरकारले भूकम्पपीडितलाई निजीअवास पुनर्निर्माणका लागितीनलाख रुपैयाँउपलब्ध गराउने व्यवस्था गरेको छ ।
मन्त्रालयकाअधिकारीहरुले भने प्रतिवेदनमावास्तविकक्षतिभन्दा बढी रकम राखिएको बताए । मन्त्रीर सचिवको दबाबमाक्षतिभन्दा बढीको रकम बढाएर प्रतिवेदनमादेखाउने प्रवृत्ति रहेको उनीहरुको दाबी छ ।
आयोगकाउपाध्यक्षवाग्लेले प्रारम्भिक अध्ययनबाट आवश्यकताआंकलनगरिएको हुँदाकेही फरक पर्न सक्ने बताए । उनले भने, ‘यो प्रारम्भिक रिपोर्ट हो, कार्यान्वयनकाक्रममायसलाई पुनः भेरिफिकेसन गर्नुपर्ने हुन्छ ।’
कुलक्षति६२ अर्ब
बाढीबाट सबै क्षेत्रमा गरी करिब ६२ अर्ब रुपैयाँ बराबर क्षतिभएकोआयोगकाउपाध्यक्षवाग्लेले बताए। ‘सामाजिक क्षेत्रतर्फआवास, स्वास्थ्य र शिक्षा, उत्पादनमूलक क्षेत्रमा कृषि, पशुपक्षी र सिँचाइतथापूर्वाधारतर्फ यातायात, खानेपानी र ऊर्जामाभएको क्षतिकोमूल्यांकनगरिएको छ,’ उनले भने ।
वाग्लेकाअनुसार बाढीका कारण निजीआवासमासबैभन्दा बढी १९अर्ब ५० करोड रुपैयाँक्षतिपुगेको छ । सिँचाइमा १७अर्ब ५० करोड, पशुपक्षीमा १०अर्ब सात करोड, कृषिमा सातअर्ब दुई करोड, यातायातमादुई अर्ब नौ करोड र शिक्षामा एक अर्ब दुई करोड रुपैयाँको क्षतिमूल्यांकनगरिएको उनले बताए ।
प्रतिवेदन सोमबार वामंगलबार आयोगकाअध्यक्षसमेत रहेकाप्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरिनेआयोगले जानकारी दिएको छ ।पुनर्निर्माणका लागि के कसरी कामगर्न सकिन्छ भन्ने सुझावसमेत प्रतिवेदनमा समेटिएको उनले बताए ।
पुनर्निर्माणको कामथालिने
बाढीपछिको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत एक विशेष एकाइबनाएको छ । एकाइकाआयोजनाप्रमुख सुमन कर्णले आयोगको आंकलन रिपोर्टलाई आधार बनाएर पुनर्निर्माण तथापुनरुत्थानको काम सुरु गर्ने बताए । ‘प्रारम्भिकआँकलनको प्रतिवेदनबल्लतयार भएको छ,’ कर्णले भने, ‘यसकै आधारमा युनिटको आवश्यकसंरचनाबनाएर काम सुरु गर्छौं ।’
सरकारले बाढीपीडितका लागिचार अर्ब रुपैयाँ राहतप्याकेज घोषणा गरिसकेको छ । गत सोमबार मन्त्रिपरिषद् बैठकले तत्काल सो प्याकेज व्यवस्थागर्न अर्थ मन्त्रालयलाई निर्देशनदिएको थियो ।

प्रकाशित: २७ कार्तिक २०७४ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App