काठमाडौं- नेपाली कांग्रेसले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय प्रतिनिधि खटाएको छ । निर्वाचन परिचालन समितिले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार पार्टी केन्द्रीय सदस्यका साथै विभिन्न नेतालाई खटाएको हो ।
कांग्रेसले अपवादबाहेक आसपास गृहजिल्ला भएका नेतालाई पार्टी उम्मेदवारलाई सहयोग गर्नेगरी केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ । पार्टीको समानुपातिक सूचीमा परेका अधिकांश केन्द्रीय सदस्यलाई निर्वाचन परिचालनको जिम्मेवारीसहित खटाएको कांग्रेसले पार्टी उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गर्नसमेत निर्देशन दिएको छ ।
कांग्रेसले सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा बेनुपराज प्रसाई, खोटाङमा रमा पौडेल, नुवाकोटमा प्रा. वासुदेव घिमिरे, रसुवामा बहादुरसिंह लामालाई खटाएको छ ।
यसैगरी धादिङमा रामेश्वर उपाध्याय, सिन्धुपाल्चोकमा मीन विश्वकर्मा, दोलखामा पुष्पा भुसाल, रामेछापमा शोभाकर पराजुली, मुस्ताङमा शोभियतबहादुर अधिकारी, म्याग्दीमा तिलक रानाभाट, बाग्लुङमा कुमार खड्का, मनाङमा डा. हिमलाल घिमिरे, लम्जुङमा धनबहादुर मास्की रानालाई खटाएको कांग्रेसले जनाएको छ ।
त्यस्तै गोरखामा भेषराज दुवाडी, रुकुम (पूर्वी भाग) मा कृष्ण कार्की, रोल्पामा पार्वता डिसी चौधरी, रुकुम (पश्चिम भाग) मा गेहेन्द्र गिरी, जाजरकोटमा गोविन्द मल्ल, हुम्लामा डा. प्रमोद अर्याल, मुगुमा डिल्लीराज तिवारी, जुम्लामा सरस्वती शाह, कालिकोटमा आशा विक, डोल्पामा विद्या खनाल, दार्चुलामा नरेन्द्रसिंह भण्डारी, बझाङमा शंकरप्रसाद पाण्डे, बाजुरामा अरुणप्रकाश सिंह राठौर र बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई खटाइएको छ ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत