काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो ।
एसिसी यु–१९ एसिया कपका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले आइतबार बायोमास ओभल मैदानमा साबिक विजेता भारतविरुद्ध १९ रनले जितको हो । नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई पराजित गरेको थियो ।
कप्तान दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालविरुद्धको खेलअघिसम्म प्रतियोगितामा अपराजित रहँदै आएको भारतलाई पहिलो हार चखाउन नेपाली टोली सफल भएको थियो । ऐरीले अलराउन्ड प्रदर्शन गर्ने क्रममा १ सय १ बलमा ८८ रनको योगदान गरेपछि टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको योगफल खडा गरेको थियो । दसौं ओभरमा २८ रन जोड्दा ओपनर आसिफ शेख र अनिलकुमार शाहलाई गुमाएपछि लडखडाएको नेपालको इनिङ अर्का ओपनर जितेन्द्र शाह र दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए ।
जितेन्द्र र दीपेन्द्रले दुईले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ लम्किएको थियो । नेपालले ७७ रन बनाउँदा ३ चौकासहित ३६ रन जोडेका जितेन्द्र पनि पवेलियन फर्किएपछि कप्तान दीपेन्द्रसिंहमाथि थप जिम्मेवारी बढ्यो । ६ चौका र २ छक्का जोडेका दीपेन्द्रले रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि २८ तथा भीम सार्कीसँग पाँचांै विकेटका लागि १९ रनको साझेदारी गरेका थिए । रोहितकुमार ६, भीम सार्की १५, पवन सर्राफ १ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्रसिंहले कमलसिंह ऐरीसँग सातौं विकेटका लागि ३१ रनको साझेदारी गरे । कमलसिंह ऐरी ५ रन बनाएर आउट भए ।
शतकतर्फ लम्किएका कप्तान दीपेन्द्रसिंह ४८.२ ओभरमा आउट हुँदा नेपाल १७२–८ को स्थितिमा थियो । सन्दीप लामिछाने ९ र किशोर महतो ७ रनमा अविजित रहे । पहिलो पटक भारतलाई हराउन सफल नेपाली युवा टोलीका मुख्य प्रशिक्षक विनोद दासले अलराउन्डर दीपेन्द्रसिंहको प्रशंसा गर्न चुकेनन् ।
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...
यसमा तपाईको मत