८ वैशाख २०८१ शनिबार
समाज

सोलुखुम्बुमा भालुको आतंक

सोलुखुम्बु-  सोलुखुम्बुमा भालुको आतंक बढ्दै गएको छ। विभिन्न स्थानमा गरी गएको ४ दिनको अवधिमा भालुको आक्रमणबाट ३ व्यक्ति घाईते भएका छन्। गएको बिहिबार सोलु–दुधकुण्ड नगरपालिका ७ गार्मा नाजिङका ३५ बर्षका टिका बहादुर लामिछाने भालुको आक्रमणबाट गम्भीर घाईते बनेका थिए भने कार्तिक २४ गते सोताङ गाउपालिका ५ बस्ने बर्ष २८ का राम बहादुर नाछिरिङ भालुको आक्रमणमा परी घाईते भएको प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले बताए।

आईतबार पनि अर्का व्यक्ति भालुको आक्रमणबाट घाईते बनेका छन् । दुधकोसी गाउँपालीकाको बासा निवासी मनभक्त राई आ बिहान भालुको अक्रमणबाट गम्भीर घाईते भएका छन्। घरबाट गोठमा जाने क्रममा उनलाई आफ्नै घर नजिकै भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ। भालुको आक्रमणबाट उनको टाउको र हातमा गम्भीर चोट लागेको छ। स्थानीय पविधन राईले भने,  ‘गाउँमा पसेर भालुले मानिसमाथि आक्रमण गरेको यो पहिलो घटना हो, यो भन्दा अघि घरदेखि तल –तल जंगलमा मात्रै कहिलेकाँहि भेटीने गरेको थियो यो पटक गाउँमा नै पसेको छ।’

गाउँमै भालु पसेर मानीसलाई आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन्। स्थानीय पासाङ काजी शेर्पाले भने, ‘पछिल्लो समय गाउँमै भालुको विगबिगि बढ्न थाल्यो, हामीलाई बाहिर निस्कन, एक्लै हिडडुल गर्न समेत डर लाग्न थालेको छ।’ 

विशेष गरी सोलुखुम्बुको सोलु–दुधकुण्ड नगरपालिका, सोताङ, बासा लगाएतका स्थानमा भालुले कृषकहरुले लगाएको बाली सखाप पार्ने गरकको थियो। पछिल्लो समय भालुले मानिसलाई नै आक्रमण गर्न थालेको छ। स्थानीयहरुले भालुको आंतक बढेपछि दुधकुण्ड नगरपालीकाको वडामा यसको नियन्त्रणका लागी निवेदन समेत दिएका थिए।

जिल्ला बन कार्यलय सोलुखुम्बुले दुई वर्षको अवधिमा अहिलेसम्म ९ जनालाई क्षतिपुर्ति दिईसकेको छ । भालुको आक्रमणबाट घाईते बनेका तथा पशुधनको क्षति गरेका वापत कार्यलयले क्षतिपुर्ति दिएको कार्यलय प्रमुख मेघराज राईले जानकारी दिए।

बन्यजन्तुबाट भएको क्षतिको राहत सम्बन्धी निर्देशिका २०७३ मा बन्यजन्तुको आक्रमणबाट कुनै क्षति भएमा क्षति अनुसार ३ लाखसम्म र मानवीय क्षति भएमा १० लाख रुपैयाँ क्षतिपुर्ति दिने व्यवस्था रहको छ। कुनै क्षति भएमा वा मानीसलाई घाईते भएमा प्रहरी कार्यलयको मुचुल्का सहित सम्बन्धीत घटनाको फोटो, स्वास्थ्य संस्था, सम्बन्धित वडा, सामुदायिक बनको सिफारिस र घईते व्यक्तिको उपचारको विल भर्पाई सहित ३५ दिनसम्म निवेदन दिएमा बढिमा ३ लाख सम्म दिने क्षतिपुर्ति दिने व्यवस्था रहेको जनाईएको छ । निर्देशिकामा बाघ, चितुवा, गैडा, भालु, हात्ति लगाएतका ११ वटा जंगली जनावरले क्षति गरेको खण्डमा मात्रै क्षतिपुर्ति दिने व्यवस्था रहेको छ। 

प्रकाशित: २६ कार्तिक २०७४ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App