coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुग्लिनको पहिरोले उपत्यकासम्मै जाम

काठमाडौं-दैनिकजसो जाने पहिरोका कारण मुग्लिन–नारायणगढ राजमार्गखण्डमा रोकिने सवारीसाधन एकैपटक छुट्दा पृथ्वी राजमार्गदेखि राजधानीसम्मै जाम हुने गरेको छ।

निरन्तरजस्तै खस्ने पहिरोका कारण रोकिने सवारीसाधनलाई पहिरो पन्छाएर वा सुरक्षित स्थितिमा मात्रै छोड्ने गरिएको छ । हजारौं सवारीसाधन एकैपटक छुट्दा राजमार्गदेखि राजधानीसम्मै जाम हुने यात्रुको गुनासो छ । राजमार्गखण्डको कालीखोला–जलबिरे क्षेत्रमा बढी समस्या भएको सडक कर्मचारीको भनाइ छ।

प्रहरी चेकपोस्ट नागढुंगाका अनुसार पृथ्वी राजमार्गबाट काठमाडौं उपत्यकामा दैनिक करिब ३५ हजार यात्रु भित्रिन्छन् । त्यसैगरी सवारीसाधनतर्फ पूर्व–पश्चिम र मध्यक्षेत्रबाट दैनिक ७ सय ३० देखि ८ सय रात्रीबस र ७ सय ५० देखि ७ सय ९० मालवाहक काठमाडौं उपत्यकामा भित्रिन्छन् । निजी र साना सवारीसाधनमा जीप, भ्यान, माइक्रोबस दैनिक करिब ८ सय ५० वटासम्म उपत्यका भित्रिने गरेको नागढुंगास्थित प्रहरी चेकपोस्टको तथ्यांकले देखाउँछ ।

नागढुंगामा सवारी चेकिङ क्रममा जामजस्तो भए पनि थानकोट आइपुग्दा गाडीको लामै जाम भइसक्ने चेकपोस्टका प्रहरी नवराज मैनाली बताउँछन् । थानकोट चेकपोष्टका प्रहरी जबान राजकुमार तमाङ्गले भन्छन्, उताबाट आएको गाडीहरुको थोरै जाम भएपनि थानकोट आइ पुग्दा त जामको लाइन  ठूलो हुने गरेको बताउँछन् ।

तामाङ्गका अनुसार थानकोटमो सडकमा खाल्टा खुल्टी धेरै भएको कारण पनि गति लिन नसक्दासमेत जाम बढ्छ । उनले थपे,–‘उपत्यकामा छिर्ने वितिकै ठूल्ठूला खाल्टाहरु पार गर्दै गाडीहरु अगाडी बढ्नु परेको पनि बढी जाम पर्छ,’ । कलंकीदेखि रिङ्गरोड छिरेपनि पनि उपत्यकाबाहिर बाट आएका सवारीको तस्कर रिङ्गरोडले थेग्न नसक्ने हुने गरेको छ ।

महानगरिय ट्राफिक कार्यालयका प्रवक्ता लोकेन्द्र बहादुर मल्लले मुग्लिन नारायण खण्डमा अवरोधले राजधानीमो यातायात व्यवस्थापनमा समेत समस्या परेको बताए । ‘पहिरोको कारणले पनि गाडीहरु रोकिरहेको हुन्छन अनि बाटोबाट पहिरो हट्न वितिकै सबै गाडी एकेै चोटी उपत्यकामा आउँदा रिङ्गरोड साघँरो भएको कारण घण्टौ जाम हुने गरेको छ । ’ मल्ले भने ।

प्रवक्ता मल्लका अनुसार रिङ्गरोडको सडक खण्ड कोटेश्वर देखी कलङ्ककी सम्मका विस्तार हुने काम भइरहेको कारणले पनि जाम बढेको छ ।  उनले भने रिङ्गरोडको कतिपय ठाउँहरुमा ठूल्ठुला खाल्डा रहेको कारण चालकहरुले त्यो बचाउने क्रममा गाडीको गतिमा कमि भएर पनि जाम भइरहेको बताए ।

मल्लले भने,–‘सार्वजनिक यतायातमा सबारी गर्ने यात्रुहरुलाई चढाउने र ओराल्ने काम पनि सडक छेउमा काम भइरहेको कारण गर्न नपाएर वीच बाटोमा गरेकोको कारणले पछाडीबाट आउने गाडी रोक्नु पर्दा विस्तारै जाम बढेर जाने कारणले उपत्याकामा जाम हुने भएको छ।’

 

प्रकाशित: १९ श्रावण २०७३ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App