७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

न पैसा छ, न ठेकेदार छन्, कसरी चुनाव लड्ने : युवराज ज्ञवाली (अन्तर्वार्ता)

पार्टीको टिकट बाँड्ने समितिमै बसेर पनि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव महंगो भएको भन्दै चुनावी मैदानमा जान नसकेको सार्वजनिक वयान दिंदै आएका छन् । प्रत्यक्ष तर्फको चुनाव महंगो हुने नै भयो तर ज्ञवाली समानुपातिक तर्फको सूचीमा पनि छैनन् । ‘पार्टी सञ्चालन एवं चुनावी खर्च जुटाउन दलहरु पैसावालको दास बन्न उन्मुख छन्’, ज्ञवाली भन्छन्, ‘यही ढंगले राजनीतिक दलहरु चल्ने हो भने दलाल पुँजीपति वर्गको कब्जामा पुग्न अब धेरै समय लाग्ने छैन ।’ पछिल्लो समय ठेकेदारहरुको पार्टीमा हावी हुँदै आएका छन् । ज्ञवालीले भने, ‘जिल्ला जिल्लामा ठेकेदारहरु हावी छन् । ठेकेदारले नेता पालेका छन् । नेताहरु ठेकेदारबाट सञ्चालित छन्।’दोस्रो चरणको चुनावको मनोनयन दाखिला गर्ने कात्तिक १६को अघि मध्यरातमा टिकट बाँडफाँडको निक्र्योल गर्न सकस भइरहँदा नेताहरुको रक्तचाप मापन गरिएको प्रसंग कोट्याउँदै श्रीराम पौडेलले ज्ञवालीसँग कुकाकानी गरेका छन्।

रक्तचाप नापेर टिकट वितरण गरियो भन्ने समाचार बाहिरिए नी ?

हो, रक्तचाप (ब्लड  प्रेसर) नापेको एकदम साँचो हो । तालमेलमा ६०–४० भागबण्डा गुर्नपर्ने, जिल्लाबाट आएका सिफारिसहरु मिलाउनुपर्ने भएकोले उम्मेदवारी दर्ताको अघिल्लो दिन १५ गते राती अबेरसम्म बस्नुपर्ने भएकोले केही तनाव त अवश्य नै थियो । त्यहीबेला रक्तचाप नापिएको हो । जसमा सबभन्दा राम्रो अवस्थामा म नै थिए । किनभने मलाई कुनै लोभ थिएन र निजी रुपमा म तनाव नभएकोले पनि होला । मलाई देश र जनताको चिन्ता छ । तर, टिकट पाउनुपर्ने भन्ने चिन्ता छैन ।

आजका दिनमा हाम्रा अघि धेरै राम्रा सम्भावनाहरु छन् । त्यसका साथसाथै चुनौतीहरु पनि छन्। ती चुनौतीहरुलाई अवसरको रुपमा लिएर सम्भावनाका माध्यमबाट समाधानको दिशातर्फ जानुपर्दछ । 

धेरै मध्यमवर्गका उम्मेदवारहरुले विगतका चुनावमा लागेको ऋण अझै तिर्न सकेका छैनन् । मैले एक दर्जनभन्दा बढी साथिहरु भेटेको छु की जसले आर्थिक अभावका कारण चुनाव लड्ने आँट गर्नुभएन। उहाँहरु सक्षम हुनुहुन्छ। विगतमा पनि उहाँहरुले चुनाव जित्नुभएको हो । जनतामा लोकप्रिय हुनुहुन्छ । राजनीतिक संस्कार विग्रदै गएर उच्च आर्थिक चुनावी भारका कारण उम्मेदवार बन्नुभएको छैन ।

यो राती ११ बजे टिकट वितरणको चटारो भएकोबेला कसरी उठ्यो रक्तचाप नाप्ने कुरा ?

खासै त्यस्तो गम्भिर समस्या परेर होइन । राती यतिकै कसको प्रेसर कति छ जाँचीहालौं भनेर मात्रै हो ।

अन्तर्वार्ता सुन्न यहाँ क्लिक गर्नुहोस्:

अहिले चुनाव मँहगो भयो भने टिकट नलिएर बस्नुभएको तपाइँलगायतका केही नेताहरु छन् भन्नुभयो । चुनाव कति महँगो छ र?

वास्तवमा अहिले चुनाव निकै मँहगो भएको छ । यो मध्यमवर्गका नेता तथा कार्यकर्ताले धान्न नसक्ने गरी मँहगो भएको हो । यो प्रवृति नेकपा एमालेमा मात्रै होइन सबै पार्टीहरुमा छ । यसलाई सबै पार्टीहरुले समयमै विशेष कानुन बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । यदि पार्टीहरुले यस विषयमा ध्यान दिएनन् भने मुलुक गम्भिर संकटमा पर्नेछ । अहिले पार्टीहरु दलाल पूँजीपति वर्गको चंगुलमा परिरहेका छन् । उनीहरुले देशलाई आफ्नो व्यक्तिग स्वार्थ अनुरुप प्रयोग गर्न खोजिरहेका छन् । (यस्तै स्थिति रहिरह्यो भयो भने) धेरै लामो संघर्षपछि प्राप्त लोकतन्त्र धरापमा पर्छ ।

धेरै मध्यमवर्गका उम्मेदवारहरुले विगतका चुनावमा लागेको ऋण अझै तिर्न सकेका छैनन् । मैले एक दर्जनभन्दा बढी साथिहरु भेटेको छु की जसले आर्थिक अभावका कारण चुनाव लड्ने आँट गर्नुभएन। उहाँहरु सक्षम हुनुहुन्छ। विगतमा पनि उहाँहरुले चुनाव जित्नुभएको हो । जनतामा लोकप्रिय हुनुहुन्छ । राजनीतिक संस्कार विग्रदै गएर उच्च आर्थिक चुनावी भारका कारण उम्मेदवार बन्नुभएको छैन ।

चुनाव महंगो भयो भनेर सरकारले दलहरुलाइ दिने गरि एक मत एक रुपैयाँ नीति पनि प्रस्ताव भएको थियो । तपाइ राष्ट्रिय सभामा रहँदा पनि यसबारे बहस भएको थियो । तर, अहिले यति चाँडै कसरी मँहगो भयो ?

सरकारी स्तरमा मात्र नभइ, पार्टीस्तरमा पनि छलफल गरिएका थिए । वि.स २०५४ र २०५६ को निर्वाचनमा आर्थिक विभाग प्रमुख हुँदा मैले दश रुपैयाँ अभियान चलाउने प्रस्ताव राखेको थिए । तर, त्यो प्रभावकारी हुन सकेन। कारण के भने नेताहरुलाई ठुलो रकमको बानी प¥यो । अब एकैचोटी एक ठाउँबाट ठूलो रकम आउँछ भने को गएर जनताका घरघरबाट दश रुपैयाँ उठाउँछ? तर, त्यसरी पैसा उठाउँदा एकातीर हरेक जनतासँग प्रत्यक्ष चिनजान हुन्छ र चुनावी प्रचारप्रसार पनि हुन्छ भने अर्कोतर्फ कुनै एक ठेकेदारको भरमा राजनीति गरिरहनुपर्दैन ।

वास्तवमा अहिले चुनाव निकै मँहगो भएको छ । यो मध्यमवर्गका नेता तथा कार्यकर्ताले धान्न नसक्ने गरी मँहगो भएको हो । यो प्रवृति नेकपा एमालेमा मात्रै होइन सबै पार्टीहरुमा छ । यसलाई सबै पार्टीहरुले समयमै विशेष कानुन बनाउनेतर्फ ध्यान दिन आवश्यक छ ।

पछिल्लो समय नेपालमा पूँजीपति भएकाहरु पार्टीलाई चन्दाका नाममा ठुलो रकम दिने र टिकट लिने काम गरिरहेका छन् नी ? व्यापारिक घरनाका पात्रहरु पनि कुनै न कुनै पार्टीमार्फत संसदमा आइपुगेको देखिएकै हो।गत वर्षमा विनोद चौधरी तपाइँको पार्टीमा हुनुहुन्थयो अहिले कांग्रेसमा जानुभएको छ । अहिले लेनदेन नमिलेर हो?

हामीले नचाहेर पनि त्यो कामहरु भइरहेका छन् । हामी कम्युनिष्टहरुले जति नै समाजवाद तथा साम्यवाद भनेपनि अन्ततः त्यो सिद्धान्तमा मात्रै सिमित छ । आदर्श, सिद्धान्त र त्यसलाई व्यवहारमा ल्याउने कुराबीच तालमेल भएन भने त्यो केवल भाषण र किताबमा मात्रै सिमित रहन्छ । यो प्रवृति सबै पार्टीहरुमा दोहोरिएको छ । त्यसले देशलाई समृद्धितिर जानबाट रोक्छ । अहिले सिद्धान्त र व्यवहारबीच बढेको अन्र्तविरोधलाई व्यवस्थापन गर्नुपर्छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेसनबाट जारी भएको विधानमा पनि पार्टीमा आचरण तथा नैतिकता सकारात्मक भएन भने पार्टी समाप्त हुन्छ, पार्टी समाप्त भयो भने देश पनि खतरामा पर्छ भनिएको छ । विश्वको त्यत्रो सम्पन्न मुलुकले ती कुराहरुमा शुद्धीकरण खोजिरहेको छ भने नेपालमा त त्यस्ता कुराहरु कडाइका साथ सबै पार्टीहरुले लागु गर्न जरुरी छ । नेपालमा आदर्श, मुल्य मान्यताहरु जोगाउन सकेनौ भने मुलुक गम्भिर संकटमा पर्छ। पार्टीहरुले आर्थिक पारदर्शीता कायम गर्न निकै जरुरी छ । निर्वाचन आयोगले बनाएको आचारसंहिता लागु गर्न पनि निकै कठिन छ । पार्टीभित्रका नेताहरुको आचरण सुर्धान जरुरी छ ।

पछिल्लो केही चुनावमा शैक्षिक क्षेत्रमा राम्रो गरेका र ठेकेदारी गरेकाहरु पनि राजनीतिमा आए नी ?

यो प्रत्येक जिल्लामा पार्टीहरुभित्र ठेकेदारहरु हाबी छन् । जिल्ला–जिल्लामा रहेका ठेकेदारहरुले त्यहाँका पार्टी नेताहरुलाई पालनपोषण गर्छन । उनीहरुलाई पालिसकेपछि ठेकेदारले आफूअनुकुल त्यो नेतालाई प्रयोग गर्छन र त्यही नेतालाई भ¥याङ बनाएर राजनीतिमा उक्लिन्छन् । नेताले ठेकेदारी गरिरहेका छन्। नेताहरु ठेकेदारबाट सञ्चालित छन् ।

प्रतिनिधिहरु सिफारिस गर्दापनि ठेकेदारले भनेको नेता सिफारिस हुने र केन्द्रमा पनि उनीहरुले भनेकै मान्छेले टिकट पाउने स्थिति आउँछ । त्यसकारण राजनीतिलाई यो ठेकेदारी प्रवृतिबाट टाढा राख्नुपर्दछ ।

नेपालमा भारतीय राजनीतिको ठुलो प्रभाव छ । यद्यपी भारतले ठुलो विकास गरिरहेको छ । तर, नेपालमा विकास पनि भएको छैन । भारतमा धनी र गरिबबीच पनि ठुलो खाडल छ । त्यहाँ धनीहरु झन् धनी हुँदै जाने र गरिबहरु भmन् गरिब हुने स्थिति छ । नेपालमा पनि भोलिको दिनमा त्यही नहोला भन्न सकिन्न ।

लोकतन्त्रमा त जो अन्याय, उत्पिडनमा परेको छ उसले न्याय पाउनुपर्ने हो । तर, त्यस्तो स्थिति छैन । जसले वर्षौबर्षदेखि न्यायको चौघेरोमा बसेको छ । उसैले राज्यका सबै सुविधाहरु उपभोग गर्ने परम्पराको निरन्तरता भइरहेको छ ।

नेपालमा पनि २००७ सालदेखि अहिलेसम्म अपहेलित भएको थियो । त्यो नागरिक नै आज पनि अन्यायमा नै छ । लोकतन्त्रमा यसो हुनु भनेको मुलुक नै धरापमा पर्नु हो । लोकतन्त्रबाट त सर्वसाधारण लाभान्वित हुनुपर्छ ।

तपाइ टिकट बाँड्ने समितिमा हुनुहुन्थ्यो ।चुनाव मँहगो भएर बाहिर बस्नेहरुको जमात कति छ ?

यस्तो जमात ठुलो छ । अब म स्थायी कमिटिमा बसेको हुनाले अली बढी प्रचार भएको हो । तर, पार्टीभित्र यस्ता साथीहरु थुप्रै हुनुहुन्छ । एक दर्जन साथीहरु त मेरो सम्पर्कमै हुनुहुन्छ । त्यस्तै जिल्लास्तरबाट चुनावी खर्च व्यहोर्न नसकेको भन्दै सिफारिस नै नहुने साथीहरु पनि हुनुहुन्छ । यो हरेक पार्टीमा भएको मुद्दा हो । यो चुनावपछि हरेक पार्टीले यस विषयलाई निकै जोडतोडका साथ अघि लग्नुपर्छ । यसो गरिएन भने राजनीतिक पार्टीहरु नै दलाल पूँजीपति वर्गको चंगुलमा पर्छन् ।

पार्टीका कार्यालय, बस्ने कुर्सी र चढ्ने मोटरहरु पनि प्रायोजन हुने गरेका छन् नि?

हो, यस्तो कहिंकतै भइरहेको छ र ठूलो मात्रामा हुने सम्भावना छ । यो एकदमै गलत कुरा हो । यसका विरुद्ध हामी सबैले आवाज उठाएर एक हुन जरुरी छ । यसलाई बेलैमा सच्याउन सकिएन मुलुकमा लोकतन्त्र जीवित रहने छैन।

प्रसंग बदलौ, चुनावी बाम गठबन्धन पार्टी एकीकरणमा पुग्ने कार्यसूची चुनाव पहिल्यै हुने समाचार सार्वजनिक भएका छन् । पार्टी एकीकरण कहिले हुने हो?

पहिलो कुरा पार्टी एकीकरणको मुख्य उद्देश्य नेपालको अस्थिर राजनीतिका कारण मुलुक समृद्धिको दिशामा अघि बढ्न सकेन । अब मुलुकलाई स्थिरतातर्फ डोर्याउन र मुलुकको समृद्धिको लागि वाम पार्टीहरु एकीकरण गर्ने तयारीमा जुटेका हौं । यसले नेपालको संविधान वमोजिम अघि बढेर मुलुकलाई आधुनिक समाजवादतिर लैजान अघि बढेका छौं । यो विश्व कम्युनिष्ट इतिहासमा नयाँ आयाम हो । लोकतन्त्रलाईसँगै लगेर अघि बढ्ने आधुनिक, समृद्ध र सुसंस्कृत समाजवादका लागि पार्टी एकीकरण गर्न लागेको हो । दुवै चरणका चुनाव सम्पन्न भएपछि पार्टी एकीकरण प्रक्रिया सुरु हुन्छ । अहिले सबै साथीहरु चुनावमा व्यस्त भइरहेकोले अहिले त्यो गृहकार्य भइरहेको छैन।

(रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा आइतवार गरिएको कुराकानीमा आधारित)

 

 

 

 

प्रकाशित: २६ कार्तिक २०७४ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App