रावा सहर पनि फिर्ता गरिँदै

आइतबार, २६ कार्तिक २०७४, १४ : ३५ एजेन्सी

बग्दाद – इस्लामिक स्टेट (आइएस)ले गएका केही वर्षदेखि कब्जा गरेर आफ्नो नियन्त्रणमा राखेका इराकी विभिन्न सहरहरुमध्ये अन्तिम अथवा बाँकी रहेको एकमात्र सहर रावा पनि फिर्ता गरिँदैछ। 

आइएसको कब्जाबाट फिर्ता गर्न बाँकी रहेको अन्तिम सहर रावाबाट पनि उसलाई हटाएर सरकारी नियन्त्रण कायम गर्नका लागि इराकी सेनाले शनिबारदेखि कारबाही थालेको छ। 

इराकी सेनाले जनाएअनुसार गतमात्र पनि उसले साता अल कायम भन्ने ठूलो नगरमा आइएसको नियन्त्रण नरहेपछि अब रावा र केही साना क्षेत्रमामात्रै उसको पकड छ। 

रावा सहरलाई फेरि नियन्त्रणमा लिन शनिबारदेखि इराकी सेनाले कारबाही सुरु गरेको इराकी सेनाले जनाएको छ। 

यो पछिल्लो इराकी सैन्य कारबाही सम्पन्न भएपछि जिहादी समूहलाई इराकबाट पूर्णरुपमा हटाउने र उनीहरुको पराजयको घोषणा गरिने छ। 

इराकी सेनाको स्थलगत सैन्य समूहहरु कारबाहीमा संलग्न रहेका छन् । बताइएअनुसार ती दुई सैन्य समूहले शनिबारदेखि रावा सहरका प्रमुख भू–भागहरुमा धावा बोलिरहेका छन्। 

उनीहरुलाई हवाई सेनाको लडाकू विमानहरुले पनि सहयोग गरिरहेको जनाइएको छ । रावा इराक र सिरियाको सीमामा पर्ने एक हो । उक्त सहरलाई आइएसले स्वघोषित प्रान्तका रुपमा लिएको थियो। 

इराकमा आइएसको प्रवेश भएपछि नै सिरिया र इराकबीच उसका लडाकूको आवतजावत र हात हतियारको ओसारपोसारका लागि पनि यस सहरको प्रयोग हुने गरेको थियो। 

इराकी सुरक्षा फौजको भनाइअनुसार आइएसलाई इराकमा पहिले उसले नियन्त्रणमा लिएका क्षेत्रहरुबाट धपाइ सकिएको छ। 

उनीहरुले सुरुमा इराकी सहरहरु आफ्नो नियन्त्रणमा लिँदा करिब ४४ लाख इराकी नागरिक उनीहरुको शासनमा परेका थिए । अहिले ती सबैलाई स्वतन्त्र बनाइएको छ। 

पछिल्लो समयमा इराकबाट आइएसको शासनको अन्त्यका लागि अमेरिकाले नेतृत्व गरेको गठबन्धन सेनाले कारबाही थालेको थियो । तर अहिले पछिल्ला समयहरुमा भने इराकी सेनाले आफै कारबाही गर्ने गरेको छ। 








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad