coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘हेड टु हेड च्यालेन्ज’ उपाधी जितेसँग मिस नेपाल निकिता टप फोर्टीमा

काठमाडौं –मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ उपाधी मिस नेपाल निकिता चाण्डकले जितेकी छिन् । मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत समूह तीनमा परेकी उनले उपाधी जितेकी थिइन् । हेड टु हेड च्यालेन्जका विजेताहरुले प्रत्यक्ष रुपमा मिस वल्र्डको  टप फोर्टीमा प्रवेश पाउने नियम अनुसार उनी छनोट भएकी हुन् ।


यस च्यालेन्ज अन्तर्गत मिस वल्र्डमा सहभागि भएका प्रतियोगी विभिन्न आठ वटा समूहमा विभाजित गरिएका थिए । यसअन्तर्गत समूह १ मा इटाली, दुई अर्जेन्टिना, तीन नेपाल, ४ फ्रान्स, ५ कोलोबिया, ६ बंगलादेश, ७, चीन  र ८ मंगोलिया विजयी भएका थिए ।

चीनको सान्यामा आगामी मंसिर २ मा मिस वर्ल्डमा प्रतियोगिको फाइनल हुँदैछ ।  ‘मिस वर्ल्डको टप ३० को सूचीमा परेको खबर भन्न पाउँदा खुसी लागेको छ,’ मिस वर्ल्ड नेपालको औपचारिक फेसबुक पेजमा उनले लेखेकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपालले टप मोडल, बेस्ट इन ट्यालेन्ट, खेल, ब्युटी बिथ प्रपोज र मिस मल्टिमिडिया लगायत विधामा प्रतिप्रर्धा गरिरहेकी छिन् । त्यस्तै मिस वर्ल्डको मल्टिमिडिया अवार्डको लागि भोटिङ खुला भइरहेको छ ।  

मिस वर्ल्डको फाइनलको मुख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन्। मिस वर्ल्डको ६७औं संस्करणमा नेपालबाहेक एक सय १९ देशका सुन्दरीहरु सहभागी भएका छन् । तीन साताको अवधीमा चीनको सान्यामा रहेका प्रतिस्पर्धीहरुले विभिन्न विधामा मार्किङ गरिनेछ । प्रतियोगितामा ब्यूटी,बे्रन, क्षमता र राम्रो कामका आधारमा मार्किङ गरिने आयोजकले जनाएको छ । आयोजक अनुसार प्रतियोगितामा स्थानीय र अन्तराष्ट्रिय कलाकारहरुले प्रस्तुती दिनेछन् ।

 

प्रकाशित: २६ कार्तिक २०७४ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App