७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखामा विप्लपका ८ जना कार्यकर्ता पक्राउ

गोरखा- निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न भन्दै गोरखामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव नेतृत्व माओवादीका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई शनिवार र तीन जनालाई आज बिहान पक्राउ गरिएको डिएसपी भेषराज रिजालले बताए ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले निर्वाचनमा शान्ति सुरक्षमा खलल पु¥याउन सक्ने आशंकमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।  

भरत कोइराला, विशाल गजुरेल, गकुल कुमाल, अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, र कपिला भट्टलाई पक्राउ गरिएको छ । जिल्लाको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएका हो ।  

प्रकाशित: २६ कार्तिक २०७४ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App