गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ : दाहाल

आइतबार, २६ कार्तिक २०७४, १३ : १८ नागरिक

चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताएका छन्। 
चितवन क्षेत्र नं ३ अन्तर्गत आज मंगलपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उहाँका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर गरे । 
संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित भएका थिए। नेता दाहालले भने, 'राष्ट्र निर्माणका लागि गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्न म नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु। यस क्षेत्रबाट काँग्रेसका पुराना र संघर्षशील नेता उम्मेदवार भएको भए मेरो प्रतिस्पर्धी हुने थिए तर काँग्रेसको उम्मेदवार नहुँदा मेरो प्रतिस्पर्धी कोही छैन।'
अध्यक्ष दाहालले वामपन्थीको स्थिर सरकारले मात्र देशको मुहार कायपलट हुने बताउँदै पाँच वर्षमा चितवनको मुहार फेरिछाड्ने प्रतिबद्धता व्यक्त गरे। वामपन्थीको एकता राष्ट्रको एकताको अङ्ग भएको बताउँदै उहाँले नेपाली काँग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिए। 
चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए।








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad