coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दोहोर्‍याउने एक्ला कम्युनिस्ट प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन्।

नेपालमा प्रजतन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बने पनि कोही दोहोरिन पाएका छैनन् ।

२०५१ सालको मध्यावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमाले अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए ।

नौ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले देशको नेतृत्वका लागि करिब १४ वर्ष कुर्नुपरेको थियो ।

विभिन्न कालखण्डमा नेकपा एमाले र नेकपा माले संयुक्त सरकारमा सहभागी भए पनि पहिलो संविधानसभाको निर्वाचनपछि मात्रै दोस्रोपटक सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीले पाएको थियो ।

त्यतिबेला तत्कालीन एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेको थियो। त्यो सरकार पनि नौ महिनाभन्दा बढी टिक्न सकेन ।

प्रधान सेनापति रुक्मांगत कटवाल बर्खास्थ गरेपछिको विवाद चर्किंदै गएपछि नेकपा एमाले र मधेसवादी दलको संयुक्त सरकारको नेतृत्व गर्दै आएका दाहालले पदबाट राजीनामा दिएका थिए ।

दाहाल नेतृत्वको सरकारलाई अर्का कम्युनिस्ट नेता माधवकुमार नेपालको सरकारले प्रतिस्थापन गरेको थियो । त्यस समयमा तेस्रो दल भए पनि नेकपा एमालेबाट नेपाल प्रधानमन्त्री बन्ने दोस्रो नेता बने । २०६६ जेठ ११ गते सरकारमा पुगेका माधवकुमार नेपालले सात महिना कामचलाउ प्रधानमन्त्रीसहित २०६७ माघ २३ गतेसम्म देशको नेतृत्व गरेका थिए ।

नेपालले नेपाली कांग्रेस, केही मधेसवादी र साना राजनीतिक दल सम्मिलित सरकारको नेतृत्व गरेका थिए।

नेपाललाई उनकै पार्टीका तत्कालीन अध्यक्ष झलनाथ खनाल सरकारले विस्थापित गरेको थियो । माओवादीसँग गठनबन्धन गरी निर्माण गरिएको खनाल सरकार झन् सात महिनाभन्दा लामो समयसम्म चल्न सकेन । २०६८ साल भदौ १२ गते खनाल नेतृत्व सरकार ढलेपछि माओवादीका तत्कालीन नेता बाबुराम भट्टराई नेतृत्वमा चौथो कम्युनिस्ट नेतृत्व सरकार बनेको थियो ।

२०६९ साल जेठ १५ पछि कामचलाउ बनेको यो सरकारलाई मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्व सरकारले चैत १ गते प्रतिस्थापन गरेको थियो ।

दोस्रो संविधानसभा निर्वाचनपछिको दोस्रो सरकारको नेतृत्व अर्का कम्युनिस्ट नेता केपी शर्मा ओलीले गरे। नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको ओलीको कार्यकाल बुधबार सकिँदै छ।

 

 

प्रकाशित: १९ श्रावण २०७३ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App