काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले प्रशान्त महासागर क्षेत्रमा रहेको टापुराष्ट्र माइक्रोनेसियामा पक्राउ परेका मध्ये पाँच नेपालीको उद्धार गरी स्वदेश फर्काएको छ।
मंगलबार स्वदेश फर्काइएकामा गुल्मीका वसनकुमार थापा, चितवनका वाकसिंह घलान, कमलबहादुर घलान, कमल तामाङ र काभ्रेका पृथ्वी तामाङ छन् । पक्राउ परेका १६ जनामध्ये सात जनालाई यसअघि नै अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) क ो सहयोगमा स्वदेश फर्काइएको थियो । बाँकी चार जनालाई भने संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोग (युएनएचसिआर) ले शरणार्थीको दर्जा दिएको दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
दूतावासका अनुसार मानवतस्करहरुको गिरोहले मोटो रकम लिई अमेरिका र अस्ट्रेलिया लग्ने भन्दै उनीहरुलाई माइक्रोनेसिया पु¥याएका थिए । तस्करले उनीहरुलाई मलेसिया र इन्डोनेसिया हुँदै डुंगामा माइक्रोनेसिया समुद्री क्षेत्रमा अलपत्र छाडेका थिए । कागजातविहीन उनीहरुलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो।
प्रकाशित: १९ श्रावण २०७३ ०३:१६ बुधबार