८ वैशाख २०८१ शनिबार
खेल

नेपालको सम्मानजनक प्रदर्शन

काठमाडौं- एसिसी यु–१९ युथ एसिया कपमा मोहम्मद नेम शेखको अर्धशतकप्रेरित बंगलादेशसँग शनिबार नेपाल डर्कवर्थ लुइस पद्धतिका आधारमा २ विकेटले पराजित भएको छ ।
मलेसियाको किनरारा ओभलमा वर्षाले प्रभावित बनेपछि झन्डै एक घण्टा ढिला सुरु भएको खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल बनाएको थियो । ४३ ओभरमा छोट्याएको खेल ४०.१ ओभरमा पुनः वर्षा भएपछि डर्कवर्थ लुइसका आधारमा बंगलादेशले ४० ओभरमा १ सय ८१ रनको नयाँ लक्ष्य पाएको थियो ।
सातौं ओभरको चौथो बलमा ओपनर जितेन्द्रसिंहलाई गुमाएको नेपालले २४.१ ओभरमा ७० रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । महŒवपूर्ण ब्याट्सम्यान आसिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाइसकेको अवस्थामा नेपालको इनिङ रोहितकुमार पौडेल र भीम सार्कीले सम्हालेका थिए । दुईले पाँचौं विकेटका लागि ७९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोरतर्फ लम्किएको थियो । ३७.३ ओभरमा नेपालको स्कोर १ सय ४९ रन हुँदा २ चौका र २ छक्कासहित ४० रन जोडेका रोहितकुमार अफिफ होसेन ध्रुबोको बलमा एलबिडब्लु आउट भए । लगत्तै ४० बलमा २ चौका र ३ छक्का जोडेका भीम सार्की पनि नयिम हसनको बलमा बोल्ड भए । कलमसिंह र सन्दीप लामिछानेले समान २÷२ विकेट लिँदा अनिलकुमार शाह, दीपेन्द्रसिंह र किशोर महतोको नाममा १÷१ विकेट रह्यो ।
‘आज हाम्रो ब्याटिङ सन्तोषजनक नै रह्यो । मध्यक्रममा अलि धेरै रोटेड गर्न सकेको भए हामीले २ सय बढीको लक्ष्य दिन सक्थ्यौं होला,’ छनोट प्रतियोगिताको तुलनामा ब्याटिङमा सुधार भएकोबारे नेपालका मुख्य प्रशिक्षक विनोद दासले भने, ‘सुधारको क्रममा छौं । अभैm लामो दूरी पार गर्नुपर्नेछ । पूरै सुधार भइसकेको छैन । भीमले एकरूपको प्रदर्शन गरेका छन् । आगामी खेलमा यही प्रदर्शनले निरन्तरता पाउने आशा गरौं ।’
बंगलादेशका नयिम हसनले ३ विकेट लिँदा हसन महमुद, क्वाजी ओनिक इस्लाम र होसेन ध्रुवोको नाममा १÷१ विकेट रह्यो ।
४० ओभरमा १ सय ८१ रनको नयाँ लक्ष्य पूरा गर्न बंगलादेशलले अन्तिम बलसम्म कुर्नुप¥यो । ओपनरद्वय नेम शेख र पिनक घोषले राम्रो सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा एक समय बंगलादेशको इनिङ धरमराएको थियो । तर, महिदुल इस्लाम भुएन एनकोन र होसेन ध्रुवोले छैटौं विकेटका लागि ४८ रनको रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डो¥याएका थिए । अन्तिम ओभर लिएर आएका कमलसिंह ऐरीले पहिलो बलमै भुएन एनकोनलाई पवेलियन फर्काएर नेपालको आशा जीवित राखेका थिए । तर, नयिम हसन र रोविउल हकले १÷१ चौका प्रहार गरेपछि नेपाल निराश बन्नुपरेको थियो । नेपालले आइतबार साबिक विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
‘ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षले राम्रो प्रदर्शन गरे । साहसी प्रदर्शन गर्नाका बावजुद पनि नतिजा गुमाउनुपर्दा हामी निराश छौं,’ भारतविरुद्धको खेलबारे मुख्य प्रशिक्षक दासले थपे, ‘हामीले कुन टोलीविरुद्ध खेल्दै छौं भन्दा पनि आफ्नो प्रदर्शनमा सुधार गर्ने हो । त्यसो गर्न सक्यौ भने उनीहरूलाई हामी राम्रो चुनौती दिन सक्नेछौं ।’

प्रकाशित: २६ कार्तिक २०७४ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App