८ वैशाख २०८१ शनिबार
राजनीति

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

सोलुखुम्बु– प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए ।
यो पटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै कांग्रेसले नै प्रदेश सभाको प्रत्यक्षतर्फ आङगेलु शेर्पालाई उम्मेदवार बनाएको देउवाको दाबी थियो ।
सो अवसरमा काँग्रेस सभापतिसमेत रहेका देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्र्रवादीको जीत आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर ख का उम्मेदवार आङगेलु शेर्पाले लुक्लाको सुर्केसम्म पिच सडक पु¥याउन माग गरे ।
उम्मेदवार शेर्पा र स्थानीयबासीको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई वर्षभित्र सुर्केसम्म पिच सडक पु¥याउने र सोलुदुधकुण्ड नगरपालिकमा एउटा राष्ट्रिय सभा गृह बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
चुनावी कार्यक्रममा प्रदेश सभाका उम्मेदवार शेर्पाले आफूलाई यहाँका जनताले निर्वाचित गर्ने विश्वास गर्दै चुनाव जितेपछि १ नम्बर प्रदेशकै नमूना क्षेत्र बनाउने बताए । कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाहरुले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए । लुक्लाको चुनावी कार्यक्रम सकेर प्रधानमन्त्री देउवा आजै काठमाडौं फर्किएका छन् ।

 

प्रकाशित: २६ कार्तिक २०७४ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App