coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लमहीमा ट्रक र जीप ठोक्किदा दुई महिलाको मृत्यु

दाङ- दाङको लमहीमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
लमही भालुवाङ सडक खण्डको लमही नगरपालिका १ ‘नर्ति’मा ट्रकले जीपलाई ठक्कर दिदा ट्याक्सीमा सवार दुई महिलाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

ना ४ ख ७५५५ नम्मरको ट्रकले आज बिहान ना १ ज १३४५ नम्बरको जीपलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परी राप्ती गाँउपालिका ५ की ३६ वर्षीया रामपति चौधरी र नाम नखुलेकी अर्कि एकमहिलाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते १० जनामध्ये ५ जनालाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने ५ जनाको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित: २६ कार्तिक २०७४ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App