७ वैशाख २०८१ शुक्रबार
समाज

कुकुर खान सहर पस्छ चितुवा

काठामडौ-सदर चिडियाखाना, जावलाखेलमा मंगलबार दिउ“सो एउटा चितुवाको पोस्टमार्टम भयो । चन्द्रागिरि नगरपालिका–१० बालागाउ“मा पसेको चितुवा सोमबार सा“झ स्थानीयले मारेपछि जिल्ला वनले त्यसको पोस्टमार्टम गरायो । रिपोर्टमा ‘टाउको’ फुटेर मृत्यु भएको देखियो । 

यो त एउटा मात्र घटना हो, पछिल्लो समय यस्ता घटना बढिरहेका छन् । पछिल्लो एक महिनाभित्रै कीर्तिपुर, बानेश्वर र कुलेश्वरका घरमा चितुवा पसे । यसरी पसेका चितुवा कति समातिन्छन्, कति मारिन्छन्, लेखाजोखा नै छैन । राजधानीमा मात्र होइन, पहाडी जिल्लाका सदरमुकाम र गाउँ सबैतिर यस्ता घटना दोहोरिइरहेका छन् ।

सबै घटनाले आम नागरिकमा एउटै प्रश्न उब्जाउँछन्– आखिर किन सहर पस्छन् चितुवा ?

देहरादूनबाट वन्यजन्तु विज्ञानमा स्नातकोत्तर, अनुसन्धानकर्ता आशिष विष्ट हालैको आफ्नो प्रारम्भिक अध्ययनलाई उद्धृत गर्दै भन्छन्, ‘गाउँसहरमा कुकुरको संख्या बढेको छ । जंगलमा आहारा नभेटेपछि चितुवाले के गरोस् त ?’

उनले पछिल्लो सात महिना (२०७२ पुसदेखि २०७२ असारसम्म) गरेको अध्ययनले पनि त्यही देखाउँछ ।  उपत्यकाका ५१ गाविस (महानगर र नगरपालिकासहित) का २ सय ३० वटा वडामा उनले सर्वेक्षण गरेका छन् । यसमा ३ सय ७१ जनालाई चितुवाको उपस्थिति र गतिविधिबारे प्रश्न सोधिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका लागि   गरिएको यो अनुसन्धान निष्कर्ष जुन मंगलबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो ।

उनका अनुसार यो वन्यजन्तु सहर पस्ने प्रमुख कारण नै आहारा हो । ‘मनुमित्र’ नै त्यसको प्रमुख आहारा बनिरहेको छ भने दोस्रो आहारामा बाख्रा पर्छन् । ‘सर्वेक्षणमा आएका आम नागरिकको जवाफ र विभिन्न विधि प्रयोग गरेर निकालिएको तथ्यांकले त्यही पुष्टि गरेको छ’, विष्टले नागरिकसँग भने । उनका अनुसार यो अनुसन्धान अन्तिम भने होइन, सुरुआत मात्र हो ।

विष्टका अनुसार राजधानी वरपरका अधिकांश जंगलमा आहारा प्रजाति छैनन् । मानवीय चाप र गतिविधिले वासस्थान पनि खलबलिएको छ । ‘त्यसैले चितुवाले कुकुरलाई आहारा बनाइरहेको छ’, उनी भन्छन् । उपत्यका वरपरका वनजंगलस“ग जोडिएका मानवीय बस्तीमा वाख्रापालन बढ्ने क्रममा छ । तिनको संख्या पनि बढिरहेको छ । तिनलाई पनि चितुवाले आफ्नो आहारा बनाइरहेको विष्ट बताउ“छन् । उनले अनुसन्धानका विभिन्न मोडेल प्रयोग गरेर यो निष्कर्ष निकालेका हुन् ।

विष्टका अनुसार चितुवाले आफ्नो आहारा र बासस्थान तत्काल आफूअनुकूल बनाउन सक्छ । जतिसुकै सानो झाडीमा समेत लुक्न खप्पिस हुन्छ यो जन्तु ।

विष्टको प्रारम्भिक निष्कर्षको पुष्टि भक्तपुर, दुवाकोटमा एक महिनाअघिको घटनाले पनि गर्छ । ‘करिब एक महिनाअघि हो, एउटा चितुवाले एक महिनाभित्र २७ वटा कुकुर मारेको थियो’, प्रमुख जिल्ला वनअधिकृत सूर्यकान्त सिग्देलले भने । उनका अनुसार दुवाकोट र सुडालमा एकै किसिमका घटना भएका थिए । पोथी चितुवा गाउँको बीचको झाडीमा बच्चा हुर्काउँदै थियो ।

‘सजिलो आहारा खोज्दै चितुवा गाउँसहर पस्छ’, सिग्देल भन्छन्, ‘सुत्केरी अझ बढी गाउँसहर पस्छन्, जंगलमा भालेले बच्चा खाइदिने र आहारा जुटाउन हम्मेहम्मे पर्ने भएपछि गाउँ पस्छ ।’ उनका अनुसार दिनभर बच्चाको रेखदेख गरेर बस्ने र राति भएपछि सिकार गर्न निस्कने गथ्र्यो ।

‘स्थानीय, प्रहरी र प्रमुख जिल्ला अधिकारीले समेत यस्ता चितुवालाई छिटो समात्न मलाई दबाब दिनुभयो। त्यसैले रातमा आफूलाई कसैले अवरोध गरे मात्र आक्रमण गर्ने हो तर यो कुरा आम नागरिकमा बुझाउन सकिए’, सिग्देलले भने । 

त्यसो त राजधानीको भित्री सहर मानिने नया“बानेश्वरमा समेत चितुवा भेटियो । आखिर कसरी आउ“छ, चितुवा ? सबै प्रश्न गर्छन् । विष्टले यसरी जवाफ दिए, ‘चितुवा एक रातमा २५ किलोमिटर सजिलै हिँडडुल गर्न सक्छ । अब तपाईं कल्पना गर्नुस्, यो जन्तु कहा“बाट आयो होला ? मृगस्थलीको जंगल नजिकै छ ।’ उनका अनुसार  शिवपुरी, नागार्जुन र दक्षिणकाली जहा“बाट पनि ऊ आहारा खोज्न सहर पस्न सक्छ । यो जन्तुको बानीव्यहोरा थाहा नपाएर पनि समस्या बढी आएको हो ।

विष्टका अनुसार पहिले यसको बासस्थान व्यवस्थापन र आहारा प्रजाति संरक्षण गर्नुपर्छ । त्यसपछि गा“उसहरका मनुमित्र व्यवस्थापन गर्नुपर्छ । संवेदनशील क्षेत्रमा सोलार बत्ती राख्ने, सहरी र गाउँक्षेत्रमा आउने वन्यजन्तु उद्धार योजना बनाउनुपर्छ । दीर्घकालीन योजनाका रुपमा सहरमा कुकुरको संख्या पनि घटाउनुपर्छ ।

काठमाडांैका प्रमुख जिल्ला वनअधिकृत डा. इन्द्रप्रसाद सापकोटाका २०७१ फागुनयता नौवटा चितुवाको उद्धार गरिएको छ । ठूला चितुवालाई शिवपुरीमा छाडियो । चारवटा बच्चा सदर चिडियाखाना बुझाएका छौं।

‘सोमबार चितुवा मारिएको घटनाले मलाई चित्त दुखेको छ, हामीलाई जानकारी नै नदिई मारिएको छ’, उनले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले चितुवा गाउँसहर प्रवेश संरक्षणकर्मीका लागि ठूलो चुनौती भएको बताए । ‘वन्यजन्तु र मानवबीचको द्वन्द्व ठूलो चुनौती साबित हँुदै छ’, उनले भने । आचार्यले यसको अनुसन्धान गर्ने प्राविधिक जनशक्तिसमेत नभएको उल्लेख गरे ।

‘वन्यजन्तुका प्रजाति, तिनको बासस्थानलगायत विषयमा जानकारी राख्ने मान्छेसमेत हामीस“ग छैन’, उनले भने, ‘यसले गर्दा पनि दुवैतर्फ क्षति भइरहेको छ । मानवीय क्षति पनि त्यत्तिकै छ र वन्यजन्तु मारिएका छन् ।’

अवस्था कस्तो छ भने देशका कुनै पनि जिल्ला वा स्थानमा चितुवा सहर पस्यो भने त्यसलाई समात्न राजधानीबाटै टोली जानुपर्ने अवस्था छ । गत साउन १५ गते लमजुङ सदरमुकाम बेसीसहरको एउटा घरको कोठामा चितुवा दुई दिनसम्म बसेपछि त्यसलाई उद्धार गर्न काठमाडांैबाट प्राविधिक टोली गएको थियो । त्यसलाई घरबाट निकालेर स्थानीय जंगलमा छाडिएको थियो।

‘अब हामीले क्षतिपूर्ति र राहत दिएछौं भनेर चुप लागेर बस्ने अवस्था छैन । योजना र नीति बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ’, आचार्यले भने।

 

 

 

प्रकाशित: १९ श्रावण २०७३ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App