महतोका अगुवा कार्यकर्तालाई निधिको टीका

आइतबार, २६ कार्तिक २०७४, ०८ : ५५ सुरेश यादव

जनकपुर- आसन्न प्रतिनिधिसभा निर्वाचनको चर्चामा रहेको धनुषा–३ मा चुनाव नजिकिँदै जाँदा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोमध्ये ‘कसले बाजी मार्लान् ?’ मुख्य चर्चाको विषय हो । आजभोलि जनकपुरको चिया पसलदेखि समान्य परिवारको भान्सा कोठासम्म उनीहरूकै चर्चा सुनिन्छ । यसैबेला, शनिबार महतोका अगुवा कार्यकर्तालाई निधिले कांग्रेसमा प्रवेश गराएपछि स्थानीय राजनीतिमा नयाँ तरंग देखिन थालेको हो ।
राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीबाट समानुपातिक सूचीमा सांसद चुनिएकी माधवीरानी साहका पतिसमेत रहेका जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश साह, राम युवा कमिटीका पूर्व अध्यक्ष एंव साहु समुदायका अगुवा रामबाबु साह, उक्त कमिटीका महासचिव पंकज आजाद, गौ संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठ, गणेश युवा कमिटीका संस्थापक अध्यक्ष सरोजकुमार साह, उपाध्यक्ष रञ्जित भण्डारी, जनकपुर जेसिजका पूर्व अध्यक्ष सञ्जय साह र राजपाका अगुवा कार्यकर्ता वैजु मधेसीलगायत करिब दुई सय भन्दा बढी राजपा समर्थकलाई निधिले अबीर र माला लगाएर कांग्रेसमा भिœयाएका हुन् ।
स्थानीय निर्वाचनमा राजपाका मेयर उम्मेदवार लालकिशोर साहले फराकिलो मतान्तरले विजयी भएपछि गृह जिल्ला सर्लाहीको विकल्प खोजिरहेका महतोले धनुषाको यो क्षेत्र रोजेका थिए । उक्त चुनावमा साहलाई मेयर जिताउन सक्रिय रहेका तिनै अगुवा कार्यकर्ता यतिबेला कांग्रेसमा प्रवेश गरेपछि महतोको चुनावी अंकगणित कमजोर हुन थालेको स्थानीय बताउँछन् ।
‘लालकिशोरजी मेयरमा लडेको बेला कांग्रेसले तुलनात्मक रूपमा कनिष्ठ उम्मेदवार उठाएपछि स्वभाविक रूपमा राजपा बलियो भएको थियो,’ ०४७ सालको जनआन्दोलनदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका स्थानीय किशोरी साहले नागरिकसँग भने, ‘अहिलेको अवस्था फेरिएको छ । निधिजीलाई जिल्लाकै कुनै नेताले पराजित गरे अस्वभाविक हुन्न । तर, महतो जस्तो चर्चित अनुहार आएर जुन किसिमको प्रतिस्पर्धा गर्न खोज्दैछ त्यसलाई यहाँका मतदाताले कति स्वीकार्लान् भन्ने मुख्य कुरो हो ।’
मधेस आन्दोलनमा नेतृत्दायी भूमिका निर्वाह गरे पनि निष्कर्षमा नपुग्दै चुनावमा भाग लिने निर्णय गरेको राजपालाई मधेसी जनताले सम्मान गर्नै चाहे पनि निधिलाई जबरजस्ती मधेश विरोधी चित्रण गर्नुले महतोको शाख कमजोर हुने अनुमान साहको छ ।
विगतको संविधानसभा निर्वाचन र स्थानीय चुनावमा आएको मत परिणामअनुसार भारतीय सीमावर्ती क्षेत्रमा मधेशी दल त्यसै कमजोर छ । निर्वाचन क्षेत्रलाई पुनर्सिमांकन गरिएपछि जनकपुर उपमहानगरपालिकाको अधिकांश भागलाई धनुषाको क्षेत्र नम्बर ३ मा समावेश गरिएको छ । नगरक्षेत्रमा मधेसी दलको पकड बलियो देखिएपछि अगामी निर्वाचनको समय नजिकिँदै जाँदा राजपा छाड्नेको लहरले महतोको अनुमान गलत सावित हुन सक्ने उनकै एक सहयोगीले आशंका व्यक्त गरे ।
राजपा धनुषाका अध्यक्ष संजय सिंहले चुनावको पूर्वसन्ध्यामा पार्टीका अगुवा कार्यकर्ता निस्किनु चिन्ताको विषय रहेको बताए । ‘महासेठजी र रमेशजीहरू राजपाभन्दा अघि सद्भावनामै हुनुहुन्थ्यो,’ सिंहले भने, ‘आज पार्टी अध्यक्ष स्वयं चुनाव लडिरहेका बेला उहाँहरू प्रतिस्पर्धीको पार्टीमा प्रवेश गर्नु दुःखद् छ । यसले अगामी निर्वाचनमा नराम्ररी असर गर्छ ।’








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad