८ वैशाख २०८१ शनिबार
खेल

बंगलादेशसँग नेपाल दुई विकेटले पराजित

काठमाडौं- एसीसी अन्डर १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल बङ्लादेशसँग २ विकेटले पराजित भएको छ। वर्षाले ४३ ओभरमा छोट्याईएको खेलमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको थियो। नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाई  १६७ रन बनाउँदा पुनः पानी परेपछि डिएल नियम अनुसार बङ्लादेशलाई १ सय ८१ रनको लक्ष्य दिएको थियो। अन्तिम बल खेल्नु अघि बङ्लादेशले ८ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालको सुरुवात राम्रो नहुँदा बंगलादेशलाई मध्यम लक्ष्य दिएको हो। ३३ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले टछ रन बनाउँदा ३ विकेट गुमाएको थियो। ओपनर जितेन्द्र सिंह ६ रनमा पेभेलियन फर्कँदा दोस्रो विकेटका रुपमा आशिफ शेख व्यक्तिगत ३० रन बनाएर आउट हुन पुगे। नेपालको धर्मराएको व्याटिङलाई रोहित कुमार पौडेल र भिम सार्कीले सम्हालेका थिए।

 दुवै व्याट्सम्यानबीच पाँचौ विकेटका लागी ७९ रनको साझेदारी भएको थियो। रोहितले ४० रन बनाउँदा भिमले ४४ रनको योगदान गरे। नेपालले ४० ओभर एक बलमा ६ विकेट गुमाउँदै एक सय ६७ रन बनाउँदा पुन बर्षा भएपछि डकवर्थ लुइस नियमका आधारमा बंगलादेशले एक सय ८१ रनको लक्ष्य पाएको हो। जवाफमा बंगलादेशका पिनाक घोष र मोहम्मद निम शेखले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात गरेपछि बंगलादेशलाई नेपालमाथी विजय प्राप्त गर्न सहज भएको हो। पिनाकले २४ रन बनाउँदा निम शेखले ५२ रन बनाए। यस्तै अफिफ हुसेनले ३३ र महिदुल इस्लामले २४ रन जोड्दै बङ्लादेशलाई जिताए। बलिङ तर्फ नेपालका सन्दिप लामिछाने र कमलसिंह ऐरीले दुई दुई तथा अनिल कुमार शाह , दिपेन्द्रसिंह ऐरी र किशोर महतोले समान एक एक विकेट लिए। नेपालले प्रतीयोगीता अन्तर्गतको आफ्नो दोश्रो खेल टेष्ट मान्यता प्राप्त भारतसँग आइतबार खेल्नेछ।

प्रकाशित: २५ कार्तिक २०७४ १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App